ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अनिता सम्मानित

काठमाडौं, असार ३ गते नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ ।

नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पु¥याएको तथा टेबलटेनिस मार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत सम्मान गरिएको अनिताले जानकारी गराइन् ।

अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बासडर समेत हुन् । तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई पार्टनर र प्रोमोटर पनि चयन गरिएको छ ।

अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापना गरेकी छन् । अनिता उक्त क्लबको प्रमुख कार्यकारी अधिकृत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *