ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जाजरकोटमा गोठालो गएका ७ जना मंगलबारदेखि सम्पर्कविहीन, खोजीमा गएको टोलीलाई लेक लाग्यो

जाजरकोट,असार ४l जाजरकोटमा भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुन सकेको छैन ।

गाईबस्तु चराउन गएका जाजरकोटको कुसे गाउँपालिका ८ का ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीय चन्द्र खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय भीमबहादुर खड्का, १७ वर्षीया धनसरा खड्का र सोही गाउँपालिका ९ का ४० वर्षीय कृष्ण रोकाया मंगलबारदेखि हराइरहेका छन् ।

पानीसहित आएको हावाहुरीले उनीहरूलाई उडाएर बेपत्ता बनाएको छ । उनीहरूको खोजीका लागि प्रहरी टोली र स्थानीयलाई घटनास्थलतर्फ पठाइएको भए पनि त्यहाँ पुग्न नसकेको प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुकुमार थापाले बताए ।

सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयई घटनास्थलतर्फ पठाइएको थियो ।

प्रहरी र स्थानीय भैँसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयको भनाइ छ ।

बेपत्ताको उद्धारका लागि गृह मन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ ।

उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरीसहितको बहुकाले माथि जान नसकेको देवकोटाले बताए । घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छl (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *