ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

घरयासी विवादमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

घोराही,असार ४ l घोराहीमा एक श्रीमान्‌ले घरायसी विवादमा श्रीमतीलाई बञ्चरो प्रहार गरेका छन् । श्रीमानको बञ्चरो प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छl

घोराही उपमहानगरपालिका– ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी श्रीमतीलाई घाइते बनाएका थिए ।

घाइते भएकी स्यानाकुमारीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए ।

आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *