ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज असार ४ गते शुक्रबार तपाईको राशिफल

आज मिति २०७८ साल असार ४ गते बार शुक्रबार तदनुसार सन २०२१ जुन महिनाको १८ तारिख, जेष्ठ शुक्ल पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, उत्तराफाल्गुनी नक्षत्र, अष्टमी तिथी, व्यतिपात योग, बब करण, आज चन्द्रमा कन्या राशीमा रहेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजे हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको १२ बजेर ५ मिनेटबाट १२ बजेर ३३ मिनेटसम्म रहनेछ  । आजको राहूकाल बिहानको १० बजेर २१ मिनेटदेखि १२ बजेर ०५ मिनेटसम्म रहनेछ ।

(१) मेष राशी

भाग्यको सहयोग रहनेछ , पारिवारिक सुख , कार्यसिद्धि तथा विविध सुख प्राप्ति को सम्भावना रहने छ, मिठो खानपानमा रुचि जाग्ने, शारिरिक आरोग्यताको  प्राप्तिको साथै , धन वस्त्र वा उपहार आदिको लाभ मिल्ने योग छ । कार्य स्थलमा मानिसहरुले सहयोग गर्नेछन, शत्रुहरु पछाडि हटनेछन्, दाम्पत्य जीवन तथा व्यापार व्यवसायको लागि भने दिन त्यति सहज नहुन सक्छ,

(२) वृष राशी

मानसिक रुपमा बलियो हुनुपर्ने दिन छ, अशान्त मनले गरेका निर्णयहरु पनि गलत हुन सक्छन । गरेका कार्यहरुमा विध्न बाधाहरु आउन सक्छ, मानसिक खिन्नता, शारिरिक अस्वस्थता र केही कष्ट हुन सक्छ, मान सम्मानमा कसैले क्षति पुरयाउन सक्ने योग छ, संक्रामक बिमारीबाट भने सचेत हुनु पर्नेछ । कामुकतामा नियन्त्रण जरुरी छ । कुनै सम्बन्धको कारणले अथवा कोही महिलाको कारणले तनाव उत्पन्न हुन सक्छ, यात्रा गर्दा सावधानी अपनाउनुहोला,

(३) मिथुन राशी

स्वास्थ्यको ख्याल गर्नु पर्ने हुन सक्छ । खानपानको गडबडीले समस्या निम्त्याउन सक्ने भएकोले गरिष्ट वा तामसिक भोजन तर्फ मन नलोभ्याउनु होला, मन अस्थिर भइ निद्रा बाधित हुन सक्ने भएकोले निरर्थक चिन्ता र बेचैनीबाट मुक्त हुनु पर्नेछ, छातिको समस्या हुनेहरुले सावधानी अपनाउनु होला, कार्यस्थलमा सचेत रहनु होला, घर बाहिर केही बढी समय बिताउनु पर्ने हुन सक्छ, व्यवसाय र लगानीलाइ भने आज दिन राम्रो छैन । शेयर अथवा अचल सम्पत्तिको लेनदेन आज नगर्नुहोला । आत्मबललाई कायम राखेमा र जन्मकुन्डलीमा सूर्य शुभ र बलियो छ भने चिन्ता लिनु पर्दैन ।

(४) कर्कट राशी

भाग्यको साथ र सहयोग रहनेछ । मन प्रसन्न रहनेछ, धनको आगमन, बस्त्र लाभ एवम् स्वादिलो भोजन प्राप्ति को योग छ, स्वास्थ्य राम्रो हुने, नकारात्मक बाधाहरु हटनेछन् , बन्धुबान्धवहरुबाट सहयोग पाइने छ, विद्याथीहरुको पढाइ लेखाइ सम्बन्धि दिन राम्रो रहने छ, प्रेम प्रसगंको लागि गरिएका प्रयासहरु सफल हुनेछन। केही कार्यहरुमा अवरोध आउन सक्ने भएकोले सतर्कका साथ अगाडि बढनु होला, कार्यस्थलमा भने आज विवाद नगर्नु होला, धैर्य कायम राखेमा दिन उत्तम जानेछ ।

(५) सिंह राशी

समय अनुकुल रहने छैन, धनको खति, मानसिक तनाव र चिन्ता दिने खालको समय छ, स्वास्थ्यको ख्याल राख्नुहोला, ग्रहले मानसिक असन्तोष,  नेत्र पिडा, पाइल्स, मूत्र रोग जस्ता समस्याको साथै अन्य शारिरिक पीडा  दिन सक्नेछ । खानपानको समय नमिल्ने,  उचित भोजन नहुने वा खान मन लागेको कुरा नपाइने योग छ । पारिवारिक सुखमा कमि आउने, गरेका कार्यहरुमा जस नपाउनुको साथै खर्च वृद्धि हुन सक्ने योग छ, व्यापार व्यवसायमा सोचे अनुरुप लाभ नमिल्ने सम्भावना छ, कसै कसैलाई कर्म गर्दा आरोप तथा अपमान पनि सहनुपर्ने अवस्था आउन सक्छ । वाणीको कारणले अप्ठयारो आइपर्ने भएकोले छुच्चो बोल्ने वा अरुलाई वचन दिने काम नगर्नु होला ।

(६) कन्या राशी

दिन सुख र आनन्दमय रहनेछ । पारिवारिक तथा भौतिक सुख पाइने, उत्तम खानपानमा मन लोभिने, धन लाभ हुने तथा भौतिक संसाधन आदि प्राप्त वा खरीद हुने सम्भावना छ, शरीरमा आरोग्यता प्राप्ति, स्त्रि सुख वा रति सुख को साथै दाम्पत्य सुख प्राप्त हुने योग छ, केही लाभकारी घटनाहरु घटन सक्ने भएकोले आफुले चाहेको कुरामा प्रयास चाँही अवश्य गर्नुहोला,

(७) तुला राशी

समय अनुकुल नहुन सक्छ । शारिरिक पीडा तथा मानसिक व्यथाले सताउन सक्छ । अरुले अनादर गर्न सक्छन्, रिस गर्नेहरु भित्र भित्रै सक्रिय हुनेछन्, अरुको डाहाको शिकार हुनुपर्ने अवस्था सम्म आउन सक्ने भएकोले अलि सचेत रहनुहोला, हानी नोक्सानीको साथै कार्यमा बाधा आउन सक्ने भएकोले कुनै पनि काम गर्दा आज विशेष ध्यान दिनु पर्नेछ, कसै कसैलाई शोक तथा कष्ट पर्न सक्ने सम्भावना भएकोले सावधानी अपनाउनु होला । खर्च माथि नियन्त्रण जरुरी छ, आफन्त साथीभाइ वा नजीकका हरुले तँपाइलाइ नबुझिदिँदा समस्या उत्पन्न हुन सक्छ । महँगो सामान खरीद वा लगानी को लागि आज राम्रो छैन । विवादहरुबाट बच्दै सकारात्मक सोच राख्नु भएमा दिन सुखद हुनेछ।

(८) वृश्चिक राशी

दिन राम्रो छ, मन प्रफुल्लित रहने छ, धन लाभ, आयस्रोतमा बृद्धि, पाहुनाहरुसँग सामाजिक रमाइलोमा समय बित्ने छ, उत्तम तथा मिठो खानपानमा रुचि जाग्नेछ , भाइ बहिनी, मित्रहरुको सहयोग पाइनुको साथै पारिवारिक सुख मिल्नेछ । महिलाहरुसँग को सम्पर्कले लाभ दिनेछ, दाम्पत्य जीवन सुखमय रहनेछ, सन्तान पक्षबाट सुख पाइनेछ, व्यापार व्यवसायमा लाभको स्थिति बनिरहेको छ, लगानीको लागि आज दिन राम्रो छ ।

(९) धनु राशी

दिन राम्रोछ । चिताएको कार्य पूरा हुने योग छ । सरकारी काम कारवाहीमा सहयोग पाइनेछ,  वा तँपाइको कार्यको प्रशंसा अरुले गर्ने छन । मान सम्मान र पदोन्नतिको समय पनि चलेको छ । बेरोजगारहरुले प्रयास गरिरहनु भएको छ भने नयाँ काम प्राप्त हुने सम्भावना छ, पारिवारिक सुख र दाम्पत्य सुख राम्रो रहनेछ, शत्रुहरु टाढिने छन् । विद्यार्थीहरुलाइ आज दिन राम्रो रहनेछ ।

१०) मकर राशी

व्यर्थको काममा मा अलमलिनु पर्ने योग छ, मेहनत बढी फाइदा कम मिल्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला,  छाती सम्बन्धि समस्या हुनेहरुले विशेष ध्यान दिनुपर्नेछ, लफडा, विवाद वा दन्ड जरिवाना आदि बाट गुज्रिनु पर्ने सम्भावना आउन सक्छ, सन्तान पक्षबाट चिन्ता पर्न सक्छ, व्यवसाय गर्नेहरुलाई आज दिन त्यति उपयुक्त छैन, लगानीलाइ आज मुल्तवी राख्नु होला, । विद्यार्थीहरुले पढाइमा मेहनत गर्नै पर्ने अवस्था छ । 

(११) कुम्भ राशी

मन अशान्त रहन सक्छ, स्वास्थयको ख्याल राख्नु होला । शारिरिक अस्वस्थता वा थकान ले गाँज्न सक्छ । अपच, श्वास प्रश्वास, रुघा खोकि, निमोनिया आदि छाती जन्य रोगहरुबाट सावधान रहनु होला । झगडा, विवादबाट बच्नुपर्ने दिन छ , टाइममा खानपान नहुने अथवा जथाभावीको भोजनले हानी गर्ने योग छ, कसै कसैलाई धन हानी हुने वा अचानक पीडा कष्ट आइपर्ने सम्भावना पनि देखिएकोले सावधान रहनु होला । यात्रामा असुविधा हुन सक्ने भएकोले सतर्क रहनु पर्नेछ ।

(१२) मीन राशी

दिन अनुकुल रहनेछ । धन लाभ भइ आर्थिक पक्ष बलियो हुने योग देखिएको छ, सानो सानो कार्य लाभदायक भ्रमण हुन सक्छ, स्वास्थ्य राम्रो रहनेछ, उत्तम खानपान हुने वा स्वादिष्ट भोजन गर्न मन लाग्नेछ, दाम्पत्य सुख, रतिसुख वा कामसुख मा मन रुमल्लिन सक्छ । भोग बिलासमा समय बित्नेछ । भौतिक विलासिता सम्बन्धि सामाग्रीहरु खरीद हुने सम्भावना पनि छ, मान सम्मान र ख्यातिमा पनि बृद्धि हुने योग आएको छ । कार्य क्षेत्रसँग सम्बन्धित रोकिएका कामहरु बन्न सक्छन् । कानुनी तथा प्रशासनिक कुराहरुमा सहजता प्राप्ति हुन सक्छ । व्यापार व्यवसाय मा लाभ र लगानीलाई समय उत्तम रहनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *