ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारमा सहभागि जसपाका मन्त्रीलाई पार्टीबाट निस्कासन गर्ने यादव पक्षको निर्णय

काठमाडौं,असार ३ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी मन्त्रीलाई पार्टीबाट निस्कासन गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।
यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो ।

यसबाहेक सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको हो ।बैठकले बाढी पहिरोमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन दिएको छ भने उद्धार र राहत प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *