ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं,असार ३ । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई यो रक राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।

मंगलबार राति पहिरोले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्‍याएको छ । थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर बस्तीनै डुवानमा परेको छ भने सयौं मानिस घरबारविहीन भएका छन्

यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका- १० मेलम्चीबजार नजिक इन्द्रावती नदी किनारमा मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *