ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जबरजस्ती करणीपछि १० वर्षीया छाेरीलाई झुन्ड्याएर मारेकाे आरोपमा एक व्यक्ति पक्राउ

कैलाली,असार ३l जबरजस्ती करणी गरी छाेरीकाे हत्या गरेको आरोपमा कैलालीमा एक व्यक्ति पक्राउ परेका छन् । 

लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

गत २७ जेठमा आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानबाट खुलेकाे विष्टले बताए।

मृतकका बुबाविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *