ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युरोकप फुटवल: इटली नकआउट चरणमा प्रवेश गर्दाँ वेल्स र रुसको पहिलो जित

एजेन्सी,असार ३ । इटली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो । इटालीको जितमा म्यानुएल लोकाटेलीले दुई गोल गर्दाँ । सिरो इमोबाइलको नाममा एक गोल रह्यो ।

त्यस्तै वेल्सले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । त्यस्तै राति नै भएको खेलमा रुसले पहिलो जित निकालेको छ ।

समुह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *