ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज असार ३ गते विहिबार तपाईको राशिफल

आज मिति २०७८ साल असार ३ गते बार बिहीबार तदनुसार सन २०२१ जुन महिनाको १७ तारिख, जेष्ठ शुक्ल पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, मघा नक्षत्र, सप्तमी तिथी, सिद्धी योग, वणिज करण, आज चन्द्रमा सिँह राशीमा रहेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजे हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३७ मिनेटबाट १२ बजेर ३२ मिनेटसम्म रहनेछ  । आजको राहूकाल दिउँसोको १ बजेर ४९ मिनेटदेखि ३ बजेर ३२ मिनेटसम्म रहनेछ । राहूकालमा शुभ कार्यहरु वर्जित छन् । यो राहूकाल समय नेपालको लागि मात्र हो ।

(१) मेष राशी

समय प्रतिकुल रहनेछ । आयमा बाधा, मन अशान्त हुने, सोचेको आँटेको काममा विध्न बाधा व्यवधानहरु आउने । शत्रुले दुख दिन सक्ने, बिना कारण अलमलिनु पर्न सक्छ । स्वास्थ्यमा समस्या आउने वा शारिरिक पीडा हुन सक्छ, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा एक्सपर्टको सल्लाह लिएर मात्र गर्नु होला । विवादबाट आज टाढै बसेमा राम्रो । विद्यार्थीहरुले भने बिशेष मेहनत गर्नुपर्नेछ । घाउचोटपटकको सम्भावना छ । यात्रा गर्दा सावधान हुनुहोला।

(२) वृष राशी

दिन अनूकुल नहुन सक्छ, खर्च वृद्धि हुने, आफन्तहरुसँग विवाद हुन सक्ने, धन वा स्थाई सम्पत्ति सम्बन्धि झमेला आउन सक्ने,  मन अस्थिर रहने, मानसिक सन्ताप पर्ने सम्भावना छ , स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ , खानपानमा ध्यान दिने र टाइममै सुत्ने बानी गर्नुहोला, चिसोको कारणले समस्या आउन सक्छ, छाती सम्बन्धि पुरानो रोग छ भने बल्झन सक्ने, शारिरिक कष्ट, पीडा वा व्यवसायीक गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ समय अशुभ छ, आज कुनै पनि नयाँ सामान आदि खरीद नगर्दा राम्रो । गृह कलह तथा स्त्रि वर्गबाट जोगिनु होला ।

(३) मिथुन राशी

दिन सकारात्मक रहनेछ । धन अथवा कार्य लाभ हुने अरुले तँपाइको कदर वा प्रशंसा गर्ने, शारिरिक निरोगिता प्राप्ति, दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु बाधाबाट मुक्ति, केही नयाँ कुरा सोच्ने वा गर्नेे बेला आएको छ ।  नयाँ काममा हात हाल्नलाइ दिन शुभ छ । छोटो तर लाभदायक यात्राको वा भ्रमणको अवसर प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा लगानी गर्दा राम्रो छ । विद्यार्थीहरुको लागि समय सफलता दिने खालको छ , भाइ बहिनी वा कम उमेरको मानिससँग विवाद नगर्नु होला ।

(४) कर्कट राशी

मन आज अनिर्णयको बन्दि बन्न सक्छ अथवा केही कुराले चित्त दुख्न सक्छ ।। व्यर्थको श्रम, धनको अपव्यय, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने ।, घरपरिवार वा अचल सम्पत्तिको लागि खर्च हुन सक्नेछ । पारिवारिक सुखमा कमि आउन सक्ने भएकोले सावधान रहनु होला, अरुले कदर नगर्ने वा विवादित भइने सम्भावना छ, आज कसैले धोका पनि दिन सक्ने छ । शारिरिक चोटपटक, दुर्घटना आदिबाट सावधान रहनुपर्ने दिन छ, लगानीलाई समय प्रतिकूल छ, खानपानमा अनुशासित रहनु होला, नत्र स्वास्थयमा गडबडी आउन सक्छ । विवादबाट भने आज सकेसम्म टाढा रहनु होला,

(५) सिंह राशी

दिन राम्रो छ । मनलाई स्थिर राखी कार्यलाई अगाडि बढाउनु भएमा भाग्यले साथ दिनेछ । सकारात्मक विचार र उत्साहले तँपाइको मनोबल मा बृद्धि हुनेछ । शरीरमा तेज, आरोग्य, साहस र स्फूर्ति बढनेछ । लाभ तथा मान सम्मान प्राप्ति । कार्यमा सफलता । कतैबाट केही कुरा प्राप्त हुने वा कसैसँग भेट हुने सम्भावना पनि छ । दिमागमा धेरै खालका विचारहरु आउने छन् । जिब्रोले उत्तम तथा मिष्ठान भोजन खोज्न सक्नेछ, मान्यजनको वा मित्रको कृपा पाइने तथा बन्धुहरुबाट सुख मिल्ने खालको दिन बन्न सक्छ, विद्यार्थीवर्गलाई समय राम्रो छ भने  प्रेमीहरुको लागि दिन शुभ रहनेछ ।

(६) कन्या राशी

दिन अलिकति अप्ठयारो खालको भइदिन सक्छ । शारिरिक शिथिलता र कष्ट पाइने योग छ, पराक्रममा कमी आउन नदिनु होला, आर्थिक अभावले सताउने । मानसिक अशान्ति र छटपटि बढने । निर्णयहरु गलत हुन सक्ने छन् । परिवारमा असमझदारी देखिन सक्छ ।  अनिद्रा, एलर्जी तथा चिसो जन्य संक्रामक रोगहरुबाट बच्नु होला,  आँखा, दाँत,मुख, अनुहार सम्बन्धि समस्या उब्जिन सक्छ । विद्यार्थीहरुको लागि भने समय राम्रो हुनेछ, वैदेशिक शिक्षा वा जागिरको लागि दिन उत्तम छ । व्यापारी व्यवसायीले ऋण लिनु पर्ने अवस्था आउन सक्छ । वैदेशिक व्यापार , अनलाइन व्यवसाय आदिलाइ भने समय शुभ छ ।

(७) तुला राशी

दिन सकारात्मक रहनेछ  । मन प्रसन्न हुने खालका समाचारहरु आउन सक्छन् । शरिरमा जोश जाँगर र स्फूर्ति बढने, आर्थिक लाभ हुने । मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा हुन सक्छ । चाहेको वस्त्र खरिद हुने अथवा मिठो खानपानमा रमाउन मन लाग्नेछ । अडकिएका कार्यहरुले गति लिनेछन् । पढाइ तथा विद्या आर्जनमा प्रगति हुने देखिएको छ । सन्तानको लागि खर्च हुन सक्नेछ । आफै  नयाँ काम शुरु गर्नलाइ दिन राम्रो छ, अगाडि बढनु होला ।। अरु कसैको लागि भने समय खर्चिर्नु पर्ने हुन सक्छ । स्वास्थ्यको चाँही ख्याल गर्नुहोला ।। मनको चन्चलता लाई नियन्त्रण गर्न सकेमा र विवादबाट भने टाढा रहनु भएको खन्डमा दिन सुखद बित्नेछ ।

(८) वृश्चिक राशी

दिन शुभ रहनेछ । चिताएको कुरा पुग्ने खालको दिन छ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय देखिएको छ । नयाँ काम शुरु हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने अवस्था आउन सक्छ, कार्य क्षेत्रमा तँपाइको खुबिको अरुले प्रशंसा गर्ने छन । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार आउन सक्ने योग छ । भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने सम्भावना छ । सन्तान पक्षबाट भने अलि चिन्तत हुनु पनें समय छ । पारिवारिक झमेला र विवादबाट टाढै रहनु भएमा दिन सुखमय बित्नेछ ।  विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा गरिएको प्रयास सफल हुनेछ ।

(९) धनु राशी

सावधान हुनुपर्ने दिन छ । मान प्रतिष्ठामा धक्का लाग्न सक्छ । भाग्यमा अवरोध आउन सक्छ ।  धार्मिक कार्यमा अरुचि । बिना कारण झगडा हुने, सरकारी झमेला वा नसोचेको दोष लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने योग छ । मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद नगर्नु होला । अचल सम्पत्ति बाहन आदि लिने सोच बनाउनु भएको छ भने आज टार्दा राम्रो । अथवा योग्य ज्यातिषीलाई चिना देखाउनु होला । विदेश सँग सम्बन्धित कुनेै पनि कार्यको लागि भने आजको दिन शुभ छ । छोटो दुरीको यात्रा को योग पनि आएको छ । ठुलो लगानीको लागि आज दिन राम्रो छैन । पार्टनरशीप तथा व्यवसायमा समस्या आउन सक्नेछ ।

१०) मकर राशी

दिन सोचे जस्तो नहुन सक्छ । गरिएका प्रयासहरु पहिलोचोटिमा असफल हुन सक्छ । जागीर वा व्यवसायमा बाधा कष्ट आउन सक्ने सम्भावना छ। मनमा केही कुरा खेलिरहने छ । स्वास्थ्यमा प्रतिकुलता आउन सक्ने सम्भावना छ , घाउ र रोगले शारिरिक कष्ट दिनेछ ।, धनको अपव्यय हुने, अरुसँग विवाद र झगडा आदि हुने योग छ ।  धन माल चोरी हुने वा हराउने सम्भावना भएकोले सावधान रहनुहोला । पारिवारीक मmमेला बढन सक्ने, भाइहरुसँग विवाद हुने तथा दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । लगानीको लागि आज समय राम्रो छैन । अधार्मिक कार्य गर्न बाट आज बच्नु पर्नेछ । आफ्नो अतित लाई नबिसिर्नु होला, किनकी ग्रहले तँपाइलाई पाप कर्म वा कुलत मा फसाइदिन सक्छ ।

(११) कुम्भ राशी

समय  उत्तम छ  । धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पराजित हुनेछन, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ,  वैवाहिक सुख, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास मनोरन्जन र स्त्री सहयोग प्राप्त हुने दिन छ । व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ,  पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ ,वैदेशिक व्यवसाय, आयात निर्यात को लागि समय अनुकुल रहने छ । घरबाट टाढा जानु पर्ने अवस्था लाई पनि नकार्न सँकिदैन,

(१२) मीन राशी

दिन अनुकुल रहनेछ । धन लाभ हुने, आँटेको काम पुग्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोगनाश, विरोधिहरु माथि विजय, आर्थिक पक्ष बलियो हुने, ऋण लाभ हुने, मुद्दा मामिला लगायत परिक्षा प्रतियोगीतामा विजय प्राप्ति। व्यापार व्यवसायमा लाभ, लगानीको लागि दिन राम्रो भएकोले निवेश लाई राम्रो छ । सन्तान पक्षको भने विशेष ख्याल गर्नुहोला । बाहिरी महिलाहरुसँगको सम्पर्कबाट टाढै बस्दा राम्रो । कार्यस्थलमा सतर्कता अपनाउनु भएमा दिन शुभ रहनेछ । गोप्य शत्रुहरुबाट सावधान रहनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *