ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछील्लो समय संक्रमित संख्या घट्दो संक्रमण मुक्त हुनेदर बढ्दो

काठमाडौ,असार २ l स्वास्थ्य मन्त्रालयका अनुशार देशभरबाट गत चौबीस घण्टामा ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म देशभरबाट कोरोनामुक्त हुने प्रतिशत ८८ दशमलव ५ रहेको छ ।

कोरोनाका कारण थप ५२ जनाले ज्यान गुमाएका छन् । भने हालसम्म कोरोनाका कारण ८ हजार ५ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुशार गत चौबीस घण्टामा देशभरबाट एन्टिजेन र पिसिआर १३ हजार २२ वटा नमुना परिक्षण गर्दा देशभर २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछील्लो समय तुलनात्मक रुपमा परीक्षणदर घट्दै गएकोले यदी कुनै लक्षण आफुलाइ देखीएमा परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ ।

देशभर संक्रिय संक्रमित ६२ हजार १ सय ३७ जना सहित क्वारेन्टिनमा ५ सय जना रहेका छन् ।देशभर आसियुमा ९ सय २ जना सहित भेन्टिलेटरमा २ सय ७९ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *