ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाढीमा परि सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु

काठमाडौं ,असार २ । मंगलबार आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा सात जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भइसकेको र धेरै बेपता रहेको जनाएका छन् ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *