ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कात्तिकसम्म १ करोड २० लाख जनसंख्यालाई पुग्ने खोप किन्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी

काठमाडौ,असार १ l सरकारले कात्तिकसम्म १ करोड २० लाख जनसंख्यालाई पुग्ने खोप किन्नका लागि स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छl

चीन सरकारले नेपाल सरकारलाई खोप उपलब्ध गराउने आश्वासन दिएपछि उक्त प्रस्ताव क्याबिनेट लग्न लागिएको हो ।
१ करोड २० लाख जनसंख्यालाई झण्डै २ करोड ४० लाख डोज खोप आवश्यक पर्छ।

नन डिस्क्लोजेबल एग्रीमेन्टका आधारमा दुई देशबीच जीटुजी प्रक्रियाबाट खोप किन्ने तयारी भइरहेको छ।सोही आधारमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले आवश्यक खोपको तथ्यांकसहित विस्तृत प्रतिवेदन तयार गरेर प्रक्रिया अगाडि बढाइएको मन्त्रालय स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *