ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बरिष्ठ नेफ्रोलोजिष्ट प्रा डा राउतको कोरोनाका कारण निधन

काठमाडौ,असार १ l बरिष्ठ नेफ्रोलोजिष्ट प्रा डा कनक बहादुर राउतको कोरोनाका कारण निधन भएको छ ।

मंगलबार बिहान ६ बजे उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । फिजिसियान नेफ्रोलोजिष्ट डा रावतको सिभियर कोभिडबाट ७२ वर्षको उमेरमा निधन भएको हो।

कोरोना संक्रमण भएपछि उनलाई जेठको दोस्रो साता अस्पताल भर्ना गरिएको थियो । लामो समय त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान र त्रिवि शिक्षण अस्पतालमा बिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *