ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काँग्रेस महाधिवेशनमा सवैको चासो, यो महाधिवेशनमा पनि पुरानै गुटको भिडन्त

काठमाडौं असार १ । महाधिवेशन हुनु पर्ने समय पछि नेपाली काँग्रेसले महाधिवेशनका लागि ३ पटक मिति सारेको छ । अन्तिमपटक शनिवार बसेको पधादिकारी बैठकले भदौंको १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

जसलाई असार ३ गते बस्ने क्रन्द्रिय समितिको बैठकले औपचारीकता प्रदान गर्ने छ । कृयाशिल सदस्यता विवाद कायम, काँग्रेसकै नैतृत्वमा सरकारमा जाने तयारी, कोरोना महामारी तथा महामारीसंग जुद्धन जिल्ला सभापतिहरुको दवाव जस्ता विषयले निर्धारीत समयमा नै महाधिवेशन कसरी होला भन्ने धेरैको चासोको विषय छ ।

तर संविधानत उक्त मितिमा महाधिवेशन नभए पार्टीको नाम र चुनाव चिन्ह नै गुम्न सक्ने भएका कारण पनि काँग्रेस गर वा मरको अवस्थामा पुगेको छ । यस्तो अवस्थामा नेतृत्व इमान्दार भएर लाग्ने हो भने महाधिवेशन हुदैन भन्ने प्रश्नै नउठ्ने नेता चन्द्र भण्डारीको दावी छ । तर सवैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टीको महाधिवेशनबाट आउने नयाँ नेतृत्वले पार्टीको भविश्यसंगै आगामी निर्वाचनमा काँग्रेसको भविश्यसंग जोडिएका कारण पनि काँग्रेसको नयाँ नेतृत्व कस्तो बन्ला बन्ने चासो बढेको छ ।

जसका लागि १३ औं महाधिवेनका ३ गुटमात्र नभइ युवा पुस्ताको नेतृत्व यात्रा तथा धेरै बुढाहरुको वहिर्गमनको रुपमा समेत अर्थ्याउने गरिएको छ । तेसो त तेहौं महाधिवेशन भन्दा गुट धेरै हुने नेताहरु स्विकार गर्छन् । सस्थापन पक्षका मानिने नेता मिन विश्वकर्मा काँग्रेस भित्र वैचारीक समहु धेरै हुने भएपनि महाधिवेशनसम्ममा मात्र कस्तो आकडा बन्छ भन्ने यकिन हुने उनको भनाई छ ।

बैचारीक समुहकै कारण पार्टी भित्रको आन्तरिक लोकतन्त्र बलियो हुने भन्दै यसबाट पार्टीलाई घाटा नभइ फाइदा हुने उनको तर्क छ १४ औं महाधिवेशनमा सस्थापन पक्ष र पौडेल पक्षविच कडा प्रतिशपर्दा हुने भएपनि सिटौंला पक्ष यो बर्ष समेत निर्णायक देखिन्छ । सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गर्दै पुन पार्टी पनि आफ्नै नेत्रृत्व कायम गर्न चाहन्छन भने वरिष्ठ नेता रामचन्द्र पौडेल पनि पहिलो पटक पार्टीको कार्यकारीमा पुग्ने योजनामा छन् ।

जसका कारण पनि कांग्रेसमा गुट- उपगुट हावी हुने देखिन्छ । त्यसो त युवा पुस्ताले पार्टिको नेतृत्व गर्दै पुराना नताहलाई पाखा लगाउने बहस गरेपनि त्यो संभावना कम्जोर बन्दै गएको छ । पार्टी सभापतिमै युवा पुस्ताहरु सभागित संभव नभएपनि यो पटक पधादिकारीमा युवा पुस्ताको उपस्थिती बाक्लीने नेताहरु दावी गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *