ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजबाट नयाँ शैक्षिक सत्र सुरु, जोखिम कायमै

काठमाडौं असार १ । सरकार आजबाट नयाँ शैक्षिक सत्र लागु गर्ने निर्णय गर्ने भर्ना खुल्ला गरेको छ । जोखिम कायम रहेको भन्दै बैकल्पिक अध्ययन विधिलाई प्राथमिकता दिने भने पनि स्थानिय तहले भौतिक रुपमा नै विद्यालय सञ्चालनको तयारी थालिरहेका छन् । जसका कारण जोखिम बढेको मात्र छैन संक्रमण अझ गाँउ गाँउमा पुग्ने संका पैदा भएको छ ।

शिक्षक तथा विद्यार्थीले कोरोना विरुधको खोप लगाएका छैन्न् । त्यसमा पनि बालबालिका सवैसंग झुम्मिने हुदाँ कहिले के हुने हो भन्ने कसैलाई थाहा हुदैन । त्यसैले पहिला खोप उपल्व्ध गराएर मात्र विद्यालय सञ्चालन गर्नु पर्ने नीजि विद्यालय सञ्चालकहरुको सस्था एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाको भनाई छ ।

सरकार विद्याल सञ्चालन भन्दा पनि शिकाइ उपलब्धी हाशिल गर्ने बाटोमा लाग्नु पर्ने उनको भनाई छ । सरकार खाली मुल्याङ्कन मुखी देखिन्छ सिकाइ मुखी देखिएन यो सरकारको सोचमा परिवर्तन आउन जरुरी छ । सापकोटाको भनाई छ ।

उता नेपाल शिषक महासंघका अध्यक्ष बाबुराम थापा पनि विद्यालय सञ्चालन गर्न सरकारले हतार गरेको दावी गर्छन् । नीजि विद्यालयमा वैकल्पिक शिक्षा केही हदस्म प्रभावकारी देखिएपनि सामुदायिक विद्यालयमा त्यो पहुच भन्दा बाहिर रहेको दावी गर्छन् । भौतिक रुपमा पठन पाठन गर्न कोरोना महामारी जहाको त्यही र वैकल्पिक सिकाइमा पहुच नहुदाँ सरकारको योजनामा हतारो देखिएको उनको भनाई छ ।

त्यस्तै अभिभावकहरु पनि आफ्ना बालबालिका विद्यालय पठाउन तयार देखिदैन्न् । आवाशिय विद्यालय अभिभावकसंघका अध्यक्ष सुवास भण्डारी तत्काल आफ्ना छोरा छोरी विद्याल पठाउन सक्ने अवस्थामा नरहेको दावी गर्छन् । स्वास्थ्य ठूलो कि शिक्षा ठूलो भन्ने विषय जहाको त्यही रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *