ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दिनभर भारी बर्षाको संभावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाको अनुरोध

काठमाडौं असार १ । आज देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि भारी बर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश,  र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश न. २ को थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित वर्षा भईरहेको महाशाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *