ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युरोकप फुटवल: चेक रिपब्लिक र स्लोभाकियाले विजयी सुरुवात गर्दा स्पेन स्विडेनसंग बरावरीमा रोकियो

एजेन्सी,असार १ । युरोकप फुटवलको १६ औं संस्करणको गएराती भएका खेलमा चेक रिपब्लिकले र  स्लोभाकिया विजयी सुरुवात गर्दा स्पेन स्विडेनसंग बरावरीमा रोकिएको छ ।

ह्याम्पडेन पार्कमा चेक रिपब्लिकले स्कटल्याण्डलाई हराउदै विययी सुरुवात गरेको छ । जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे । खेलको ४२ औं र ५२ ‍औं मिनेटमा  प्याट्रिक गोल गर्दै बियजी बनाएका थिए ।

जितसँगै समूह ‘डी’ को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ । भने स्कटल्याण्डले समूहको पुछारमा रहेको छ ।

त्यस्तै   स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ  । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको थियो  ।तर, खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।

६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।त्यसपछि खेलको ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २-१ को जित दिलाए ।

उता स्पेनले भने स्विडेनसँग बराबरी खेल्दै अंक बाडेको छ । घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *