ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

असार महिना तपाईको कस्तो रहला ?

आज मिति २०७८ साल असार १ गते बार मंगलबार तदनुसार सन २०२१ जुन महिनाको १५ तारिख, जेष्ठ शुक्ल पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, अश्लेषा नक्षत्र, पन्चमी तिथी, व्याघात योग, बब करण, आज चन्द«मा कर्कट राशीमा रहेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ५९ मिनेटमा हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३७ मिनेटबाट १२ बजेर ३२ मिनेटसम्म रहनेछ  । आजको राहूकाल दिउँसोको ३ बजेर ३२ मिनेटदेखि ५ बजेर १६ मिनेटसम्म रहनेछ । राहूकालमा शुभ कार्यहरु वर्जित छन् । यो राहूकाल समय नेपालको लागि मात्र हो ।

(१) मेष राशी

मेष राशीवालाहरुलाई महिना शुभ फलदायक रहनेछ । भाग्यले मेहनतका थुप्रै अवसरहरु खोलिदिनेछ । इच्छित फल प्राप्त हुने योग बन्नेछ, धनलाभ हुने, पारिवारिक सुख पाइने, स्वास्थ्य स्थिती उत्तम रहने, जोश जाँगर र आत्मविश्वास बढने छ, विरोधीहरु केही गर्न नसकेपछि किनारा लाग्नेछन् । कार्य क्षेत्र, विजनेस आदि सँग सम्बन्धित लाभदायक घटनाहरु हुनेछन, पिता वा पितातुल्य व्यक्तिहरुसँग सम्बन्ध राम्रो बन्ने वा उनीहरुबाट लाभ मिल्ने सम्भावना बन्नेछ, । भाईहरुसँगको विवाद, मित्रहरुसँगको विवाद, प्रेमिप्रेमिकासँगको विवाद र सन्तानसँगको विवाद प्रयास गरेमा यो महिना समाधान हुनेछ ।  सन्तानहरु प्रति लगाव र आत्मियता बढनुको साथै परिवारको सुखद भविष्यको लागि सोच र योजनाहरु बन्नेछन् ।  व्यावसायिक तथा उद्यमशील कार्यको लागि महिना उत्तम रहनेछ । नोकरी को क्षेत्रमा चिताएको अधिकार, प्रतिष्ठा वा पद प्राप्तिको योग बनेको छ , कसै कसैलाई पदोन्नति हुने वा तलब बढने सम्भावना पनि देखिएको छ । शिक्षामा  खोजेको परिवर्तन हुनेछ । विद्याआर्जन राम्रो रहने र पढाइमा मन लाग्नेछ ।

(२) वृष राशी

यदि चिनामा अशुभ सूर्य छ भने यो महिना तँपाइलाइ केहि चिन्तित बनाउन सक्नेछ, विश्वासघातको शिकार हुनु पर्ने, निरर्थक डर र चिन्ता परिरहने, पारिवारिक कलह विवाद वा संकट बढन गइ पारिवारिक तथा मानसिक सुखमा कमी आउने, परिवारमा कसैलाई संकट पर्ने, शोक पर्ने सम्भावना छ । आर्थिक हिसाबले यो महिना चिन्ता थपिन सकछ । स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ । शिर, घाँटी आँखासम्बन्धि सम्बन्धि समस्याहरु उत्पन्न हुन सक्ने भएकोले सावधान रहनु होला । रिस उठिरहने वा झर्को लागिरहने हुन सक्छ ।  बोलि वचन कठोर हुन सक्ने भएकोले बोल्दा छुच्चो नबोल्नु होला । गरेका कार्यहरुमा बाधा व्यवधान आउन, दुख कष्ट पाइने भएकोले सावधान रहनु होला । मित्र तथा आफन्तहरु बिच मनमुटाव हुन सक्छ । व्यापार व्यवसायमा धेरै समस्याहरु आउने वा घाटा हुने योग छ । साझेदारी कार्य तथा दाम्पत्य जीवनमा मतभेदको स्थिती बन्न सक्ने  भएकोले सचेत रहनु होला।  गलत व्यक्तिहरुसँग सम्बन्धले फसिने महिना छ, तँपाइको स्वभाव र व्यवहारमा आएको परिवर्तनले यो महिना धेरै समस्या उत्पन्न गराउन सक्छ । तर यदि जन्मदा कुन्डलीमा शुभ सुर्य छ भने  धेरै प्रकारका सुख सुविधाहरुमा वृद्धि गर्नेछ । पारिवारिक सुखमा ध्यान जानेछ, परिवारको लागि भौतिक संसाधन खरीद हुनेछ । आमासँगको सम्बन्ध राम्रो हुनेछ । ठूला बडा मान्यजनहरुको आर्शिवाद पाइनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुन सक्छ । घर तथा सवारी साधन सम्बन्धि थाँती रहेको चिन्ता यो महिना समाधान हुने सम्भावना बन्न सक्छ ।

(३) मिथुन राशी

महिना सावधान भई अगाडि बढनु पर्नेछ । परिश्रम अनुसार फल अलि कम प्राप्त भएको महसुस हुनेछ । गरेका कार्यहरुमा रुकावट आउने सम्भावना छ । धन हानी हुने,  रिस उठने, झर्को लागिरहने, दुखद बसाई हुने वा स्थान परिवर्तन हुने सम्भावना छ, ग्रहले मान सम्मान प्रतिष्ठा दिलाए पनि स्वास्थ्य हानीको योग देखिएको छ, विशेष गरेर संक्रामक सरुवा रोग, शारिरिक थकावट, रक्त चाप, हृदय रोग, आँखा, अनुहार, पेट तथा पाचन सम्बन्धि समस्या बल्झने सम्भावना छ । दाँया हातमा फ्रयाक्चर वा घाउ चोटपटकका्े सम्भावना सावधान रहनु होला । कुटुम्ब, सहकर्र्मी तथा मित्रहरुसँग विवाद तथा मनमुटाव हुने वा अपमानित हुनु पर्ने सम्मको योग छ,  नजिककाहरुसँग सम्बन्धहरु बिग्रेर मन अमिलो हुन सक्छ । सन्तानको कारणले मानसिक तनाव उत्पन्न हुने सम्भावना छ । सरकारी नोकरी तथा  अन्य रोजगारको क्षेत्रमा गरिएका प्रयासहरु सफल भएपनि वैवाहिक समस्याले दाम्पत्य जिवन तनावपूर्ण रहन सक्छ । व्यापार व्यवसायमा को हकमा भने परिणाम शुभ फलदायक रहने छैन । कार्यस्थलमा आफू मातहतकाहरुबाट असयोग हुने अवस्था आउन सक्छ । कसै कसैलाई परिवारबाट टाढा जानु पर्ने वा अस्पतालमा बस्नु पर्ने अथवा ईच्छाको विरुद्ध यात्रा वा भ्रमण हुन सक्ने सम्भावना पनि देखिएको छ  । समग्रमा मिथुन राशीवालाहरुले यो महिना संयमित तथा अनुशासित भइ अगाडि बढनुपर्ने देखिन्छ ।

(४) कर्कट राशी

अनेक प्रकारको कठिनाइहरुमा परिने खालको महिना हुन सक्नेछ, यो महिना अनावश्यक खर्चबाट जोगिनु होला । जोश जाँगरमा विस्तारै कमी आउने, अत्यधिक धपेडी पर्नेे, गरेका कार्यहरुमा अवरोध हुने वा बिध्न बाधाहरु आउने । कसैबाट अपमान हुने, मित्रहरुको व्यवहार पनि शत्रुतापूर्ण रहने वा धोका दिने खालको हुनेछ । पारिवारिक कलह र विघटनको स्थिती आउन सक्छ । अरुले धन खाइदिने हुन सक्छ वा वा फस्ने सम्भावना छ । धन कतै ब्लक हुने सम्भावना पनि बनेको छ । आफनो वा अरुको लागि अस्पताल जानु पर्ने महिना देखिएकोले विशेष सावधान रहनु पर्नेछ, स्वास्थयको हकमा विशेषगरि संक्रामक रोगको शिकार हुनुपर्ने, आँखामा कष्ट पर्ने, ज्वरो आउने वा पेट गडबड हुने योग देखिएको छ । नोकरीमा हुनेहरुलाई व्यवस्थापनको तर्फबाट अप्ठयारो आइपर्ने, पद, जागिर गुम्ने वा छोडनुपर्ने सम्मको अवस्था आउने सम्भावना छ । विरोधिहरुमाथि आफू हावी हुन सकिने  अवस्था भएपनि  विवादित विषयहरुलाई यो महिना स्थगित गरेमा राम्रो । कसै कसैलाई बसेको ठाउँ छोडनु पर्ने वा  जन्मेको ठाउँबाट टाढा जानु पर्ने सम्भावना पनि बन्न सक्छ ।

(५) सिंह राशी

सिँह राशीवालाहरुलाई यो महिना शुभ छ । आर्थिक स्थितीमा चमत्कारीक सुधार आउने, धनलाभ हुनेछ । नोकरीमा प्रमोशन पर्खि रहनु भएको छ भने शुभ समाचार आउने छ ।  एक भन्दा बढी स्रोत अथवा विभिन्न विकल्पहरुको  माध्यमबाट आय आम्दानी हुने वा विविध किसिमका लाभहरु हुने योग देखिएको छ । उधारो दिएको अथवा आउन बाँकी रहेका पैसा प्राप्त हुनेछ । चिताएको पुग्ने, रोगव्याधिबाट मुक्ति पाइने, मान सम्मान प्रशंसा प्राप्ति, परिकार जन्य भोजन वा भोजभतेरमा सामेल भइने, नयाँ मानिसहरुसँग लाभदायक चिनजान हुनुको साथै उच्च अधिकारीहरुसँग सम्पर्क हुने र उनीहरुबाट लाभ मिल्नेछ, मुद्दा,मामिला लगायत अदालती काम कारवाही तथा सरकारी कामहरुमा अनुकुलता आउने, आफूभन्दा ठूला तथा मान्नुपर्नेहरुको आशिर्वाद र सहयोग मिल्ने, मागंलिक कार्यहरु सम्पन्न हुने वा सहभागी भइने योग छ ।  मित्रहरुले सहयोग गर्नेछन् । कसै कसैलाई नयाँ पद वा जिम्मेवारी प्राप्त हुने सम्भावना पनि बनेको छ । सन्तान सम्बन्धि चिताएको कुरा हुनुको साथै दम्पत्तिहरुलाइ सन्तान सुखको योग पनि बनेको छ । शेयरमा लगानी हुने वा वाहन सवारी साधन, अचल सम्पत्ति आदि खरीद हुने सम्भावना पनि छ । व्यापार व्यवसायमा सोेचे अनुरुप नाफा कमाइनेछ  । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । माया प्रेमको क्षेत्रमा सोचे अनुरुप हुने सम्भावना छ । विद्यार्थीहरुलाई पढाइ लेखाइ तथा परिक्षा प्रतियोगितामा सफलता मिल्नेछ ।

(६) कन्या राशी

यो महिना सूर्यको भ्रमण शुभ फलदायक रहनेछ । सूर्यले स्थान बल पाउने भएकोले कार्य क्षेत्रमा तँपाईको बर्चस्व र दबदबा बढनेछ । आर्थिक रुपले महिना उत्तम रहने, ठुलठुला कामहरु बन्नेछन, नयाँ कामको थालनी हुने, रोकिएका कामहरु बन्ने, सामाजिक तथा सार्वजनिक मान, प्रतिष्ठा, कदर, प्रशंसा तथा किर्ती प्राप्त हुने, अथवा नयाँ पद वा जिम्मेवारी पाइने योग आएको छ, पिता तथा पिता सरहका वरिष्ठ व्यक्तिहरु सँगको सम्बन्धमा मधुरता आउने छ साथै उनीहरुकोे कृपा आशिर्वाद र लाभ प्राप्त हुनेछ । मित्रहरुले मनग्गै सहयोग गर्नेछन् । सन्तानहरुलाई भने अलि ध्यान दिनु पर्नेछ । उनीहरुको मन पढाईबाट हटने, बढी चन्चल हुने वा अलि बढि रिसाउन वा जिददी गर्न थाल्नेछन् । समग्रमा  तँपाइले जे काम गरेपनि सफलता पाउने खालको महिना देखिएको छ ।

(७) तुला राशी

यो महिना मिश्रित खालको रहनेछ । भाग्य केही कमजोर बन्न सक्छ । केहि कुरामा राम्रो र केही कुरामा कष्टदायी स्थिती बन्नेछ । कार्य असफल हुने वा हानी हुने योग भएकोले कठिन परिश्रम पछि मात्र कार्य सफल हुनेछ । अकारण धन तथा आयमा कमी आउन सक्छ, राम्रो गर्दा गर्दै पनि जस नपाउने, एक प्रकारको भयले सताउने, बिना कारण अपमान वा विवाद हुन सक्ने वा गरेका कार्यहरुमा अपयशको भागि बन्नु पर्ने को साथै झुठो लान्छना लाग्न सकने अवस्था पनि आउने सम्भावना छ । स्वास्थ्यमा समस्या आउनुको साथै मानसिक अस्थिरता र अति निराशाले गाँज्ने भएकोले सचेत रहनु होला , पिता हुनुहुन्छ भने वहाँको स्वास्थ्यको भने बिशेष ध्यान दिनु पर्नेछ । स्त्रि तथा सन्तान हानीको अवस्था आउने,  मित्र, आफन्त तथा बन्धुजनसँग मनमुटाव हुने वा वियोग  सहनु पर्ने भएकोले सजग रहनुपर्नेछ । यदि चर्को वैवाहिक समस्या खेपिरहनु भएको छ भने सम्बन्ध विच्छेद सम्म हुन सक्छ । सन्तानहरुको विषयमा केही समस्या आउने वा कन्फयूज हुने स्थिती बन्न सक्छ । यो महिना आध्यात्मिक पक्ष भने बलियो देखिएको छ । धर्म अध्यात्म जस्ता कुराहरुमा रुचि जाग्नुको साथै  मांगलिक कार्यहरु सम्पन्न हुनेछन् । धनको आगमन भइनै रहनेछ । यसबाहेक ठूला ठूला व्यक्तिहरुसँग साथै टाढा वा विदेशमा हुनेहरुसँग सम्पर्क हुने सम्भावना पनि छ जसको कारणले भविष्यमा फाइदा पुग्नेछ ।सामाजिक छवि र प्रतिष्ठा यथावत रहने छ । कसै कसैलाई स्थान परिवर्तन हुने सम्भावना बनेको छ अथवा घर बाहिरको बसाइ हुने योग देखिएको छ ।

(८) वृश्चिक राशी

यो महिना सूर्यको भ्रमण वृश्चिक राशीवालाहरुलाई त्यति धेरै अनुकुल नरहन सक्छ । अघिल्लो महिना भन्दा चाँही राम्रो महिनाको रुपमा लिन सक्नुहुनेछ । तथापी हानी नोक्सानी हुने, कलह, विवाद, झमेलाहरु  आइलाग्ने, पति वा पत्नि तथा सन्तानलाइ कष्ट पर्ने, नखाएको विष लाग्ने वा नसोचेको आरोप लाग्ने सम्भावना छ, स्वास्थ्यमा समस्या आउने  भएकोले सचेत रहनु होला, विशेषगरि पाईल्स वा रक्तस्राव प्रति सचेत रहनु होला । कार्य क्षेत्रसम्बन्धि धेरै अप्ठयाराहरु आउनेछन् । कार्य स्थलमा हुने विश्वासघात र विवादबाट भने बच्नु पर्नेछ । सरकारी जागीरमा हुनुहुन्छ भने कसै कसैलाई सरकारी वा प्रशासनिक कष्ट, दन्ड जरिवाना वा कारवाहीमा परिने योग बनेको छ । निजी क्षेत्रमा काम गर्नेहरुलाई पनि व्यवस्थापनको तर्फबाट समस्या आउन सक्छ । व्यक्तिहरुसँग मनमुटाव हुने, मनमा भयले सताउने, यात्राहरु कष्टकारी हुने भएकोले सकेसम्म यो महिना भ्रमण नगर्नुहोला, अनियन्त्रित खर्चको कारण आर्थिक समस्याले सताउन सक्छ । नजिकका मान्छेले दिने कष्ट, धोखा, र षडयन्त्रबाट भने सचेत रहनु पर्नेछ । भावनामा बगेर दुरगामी निर्णयहरु नगरेमा राम्रो । लगानीलाई  यो महिना ठीक छैन । तर चिनामा यदि सुर्य शुभ र बलियो अवस्थामा छ भने आकस्मिक परिवर्तन तथा आकस्मिक धनलाभको सम्भावना छ । दाम्पत्य जीवनका परेशानीहरुबाट धेर थोर भएपनि मुक्ति मिल्नेछ । शारिरिक दुरी बढनेछ । पति एकातिर काममा पत्नि अर्कोतिर व्यस्त हुने सम्भावना छ । यसको लागि एकचोटि चिना देखाउनु होला ।

(९) धनु राशी

सजगता अपनाउनु पर्ने खालको महिना रहनेछ । सबै खाले विवादबाट यो महिना बच्नु पर्नेछ । गरेका कार्यहरुमा विलम्ब हुने वा सफल भएपनि अत्यधिक लाभ भने मिल्ने छैन । पारिवारिक सुखमा कमी आउने,  विषम मार्गमा हिँडनु पर्ने वा पत्निलाई कष्ट पर्न सक्ने योग छ । धनहानी, मानहानी, मनको अशान्ति, सन्तानसँग मतभिन्नता हुने वा उनीहरुको व्यवहारबाट मन खिन्न हुनुको साथै दाम्पत्य सुखमा कमी आउने योग छ । टाउको दुख्ने, अपच, अजीर्णता, पेट तथा रक्त विकार सम्बन्धि कुनै पुरानो समस्या छ भने बल्मिmन सक्छ । अविवाहितहरुको हकमा विवाह सम्बन्धि कुराहरु बिग्रने वा बिलम्ब हुने सम्भावना छ । व्यापार व्यवसायमा समस्या आउने  योग भएकोले कुनै पनि नयाँ कार्य शुरु गर्नु अघि सोच विचार गरेर योजना बनाएर मात्र शुरु गर्नुहोला, लगानी डुब्ने सम्भावना छ । प्रेम सम्बन्धको लागि यो महिना प्रतिकुल छ । विद्यार्थीहरुलाई भने मेहनत अनुसारको फल प्राप्ति हुनेछ । कसै कसै लाई ग्रहले घरबाहिर धकेल्न खोज्नेछ । तर यदि जन्मचिनामा शुभ सूर्य छ भने व्यक्तित्व आकर्षक बन्नेछ । अन्तरवार्ता प्रतियोगिता मा सफलता प्राप्त हुनेछ । धनको स्थिती राम्रो हुनेछ । रोकिएको धन आउने सम्भावना बलियो छ । प्रयास गर्नुहोला । राजनितिमा लाग्नेहरुलाई विशेष लाभ मिल्नेछ ।

(१०) मकर राशी

मकर राशीवालाहरुलाइै महिना ज्यादै शुभ फलदायक रहनेछ । सूर्यको भ्रमणले सम्पूर्ण इच्छाहरु पूरा गर्दै खुशी प्रदान गर्नेछ । सारा विरोधिहरु पराजित हुनेछन् । तँपाइको लागि धेरै प्रकारका अवसरहरु आउनेछन् । धनको स्थिती राम्रो हुनेछ । प्रेम सम्बन्धमा भएका रहेका झगडा र तिता कुराहरु सबै हटनेछन् । मुद्दा मामिला र विवादहरुमा सफलता मिल्नेछ । मन प्रसन्न र शरीर स्वस्थ रहने छ । जोश, जाँगर र उत्साहले भरिपूर्ण बनाउने छ ।  गरेका कार्यहरु सफल हुने, मान प्रशंसा कदर प्राप्त हुने , शत्रु बाधाहरुबाट मुक्ति पाइने । रिस गर्नेहरु हार खानेछन् । यदि कोही लामो समयदेखि बिरामी हुनुहुन्छ भने अब यो महिना स्वास्थ्यमा उल्लेख्य सुधार हुनेछ  । प्रयास गर्नुभएमा धन तथा व्यवसायिक लाभ मिल्ने योग भएकोले कसै कसैको यो महिना पुराना रिनहरु पनि चुक्ता हुनेछन । अडकिएको धन प्राप्त हुनुको साथै व्यावसायिक रिन खोज्नु भएको  छ भने यो महिना पाउनु हुनेछ, रोकिएको धन आउनेछ । वाहन सुख प्राप्त हुनेछ । जागिर खोजिरहनुहुनेहरुले सफलता पाउने महिना छ । सत्ता र राजनितिमा लाग्नेहरुलाइ सोचेअनुरुप लाभ मिल्नेछ । मुद्दा विवाद आदि चलिरहेको छ भने तँपाइको पक्षमा अनुकुलता बढने छ । आफनो अन्डरमा काम गर्नेहरुबाट लाभ पाइने योग छ। व्यापार व्यवसायमा राम्रो स्थिती बन्नेछ । विद्यार्थीहरुलाई परीक्षा प्रतियोगितामाा सफलता प्राप्त हुनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । कसै कसै लाई लाभदायक नयाँ सम्बन्ध गाँसिने वा सम्पर्क स्थापित हुने सम्भावना छ ।

(११) कुम्भ राशी                                                                                                                   

मिश्रीत खालको महिना रहनेछ । केहि परिवर्तनहरु हुने सम्भावना छ । आएका अवसरहरुलाई सदुपयोग गर्नुभएको खन्डमा कुनै यथोचित पद प्रतिष्ठा वा स्थान प्राप्त हुन सक्ने अथवा सरकारी नोकरीमा हुनुहुन्छ भने स्थानान्तरण हुने सम्भावना छ  स्वास्थ्यको दृष्टिले भने यो महिना राम्रो रहने छैन, आफनो  र परिवारको रोग र स्वास्थय सम्बन्धि समस्यामा जेलिनु पर्नेछ । र आफू वा अरुको लागि अस्पताल गइरहनु पर्ने हुन सक्छ । सन्तानहरुलाइ कष्ट पर्ने, मान प्रतिष्ठामा कमि आउने, भाइ बहिनीहरुसँग मतभेद हुन सक्ने, व्यापार व्यवसाय तथा कार्य क्षेत्रमा झमेला तथा अवरोध आउने तथा मनमा चिन्ता पर्ने सम्भावना छ ।। यो महिना लामो दुरिको यात्रा चाँही सकेसम्म नगर्नु होला । कसै कसैलाई साहित्य संगित तथा ललितकलामा रुचि बढनु का साथै फरक विषयको ज्ञान प्राप्त गर्न उत्सुकता बढने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । प्रेमसम्बन्ध बलियो हुनेछ । सन्तान कन्सिभ भइरहेको छैन भने अब यो महिना शुभ छ । लाभदायक भ्रमणहरु हुन सक्छन् ।  यात्राको माध्यमबाट धनको आगमन हुन सक्छ । व्यापार व्यवसायमा निवेश को सम्भावना बनेको छ । रिस गर्नेहरु तथा गोप्य शत्रुहरुबाट चाँही सावधान हुनु पर्नेछ, अनावश्यक आसक्ति, मनको अस्थिरतालाइ यो महिना भरि नियन्त्रण गर्न सक्नु भएमा महिना सुखद हुनेछ ।

(१२) मीन राशी

मीन राशीवालाहरुको लागि समय अनुकुल नहुन सक्छ । स्वास्थयको दृष्टिले महिना महत्वपूर्ण रहनेछ , सानो तिनो रोग व्याधि भनेर हेलचेक्रयाइ नगर्नुहोला । हरेक कार्यमा विलम्ब आउने,  पारिवारिक अशान्ति बढने तथा गृह सुखमा कमि आउने, अचल सम्पत्तिको विषयले कष्ट पाइने वा तनाव दिनेछ,  सुख सुविधा हुँदाहुँदै पनि सुख उपभोग गर्न नपाइने अवस्था आउँनेछ, घर तथा वाहनको कारणले कष्ट हुने, सामाजिक क्षेत्रमा अपमान हुने, वैवाहिक जिवनमा समस्या आउनेछ , कसै कसैलाई रिन लाग्ने वा सर सापट लिनु पर्ने अवस्था समेत आउन सक्छ । धनको आगमन ठप्प हुन  सक्छ । अरुको षडयन्त्रको शिकार हुने सम्भावना पनि बलियो छ ।  आफनो छवि वा प्रतिष्ठा खराब हुन सक्छ । कसैसँग गुप्त सम्बन्ध कायम हुन सक्छ । अथवा गुप्त सम्बन्धहरु उजागर भइदिएर भाइरल हुन सक्छ, सचेत रहनु होला । कसै कसैको सम्बन्ध विच्छेद सरहको अवस्था पनि नआउला भन्न सकिन्न , यो महिना दुर्घटना वा घाउ चोटपटक लाग्न सक्ने भएकोले सचेत रहनु पर्नेछ, विवाद, मनमुटाव र झगडाको स्थितीबाट भने यो महिना बच्नु होला ।। माता पिताको लागि अशुभ स्थिती आउन सकछ । कसै कसैलाई अप्रत्याशित रुपले घर बाहिर बस्नु पर्ने वा जानुपर्ने हुन सक्छ । व्यापार व्यवसायको हकमा यो महिना प्रतिकुल रहन सक्छ । मानसिक तनाव बढने भएकोले जे गर्दा पनि सोच विचार गरेर मात्र यो महिना निर्णय लिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *