ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरीका नेपाल मेडिकल फाउन्डेसन र राष्ट्रिय आविष्कार केन्द्रले ५० थान भेन्टिलेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौ,जेठ ३१ l अमेरीका नेपाल मेडिकल फाउन्डेसन र राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य मन्त्रालयलाई ५० थान भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।

नेपाल मेडिकल एसोसिएसनको पहलमा अमेरिकास्थित गार्डेन हेल्थ सिष्टमले पठाएका भेन्टिलेटर सरकारलाई हस्तान्तरण गरिएको हो । अमेरिकास्थित गार्डेन हेल्थ सिस्टम नामक संस्थाले नेपाल सरकारलाई सहयोगस्वरुप पठाएका ५० वटा भेन्टिलेटर सोमबार एक कार्यक्रम गरी स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

नेपाल मेडिकल एसोसिएसनको पहलमा ल्याइएका भेन्टिलेटर अमेरीका नेपाल मेडिकल फाउन्डेसन र राष्ट्रिय आविष्कार केन्द्रले संयुक्तरुपमा मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् । भेन्टिलेटर सिभिल अस्पताल, वीर अस्पताल लगायत विभिन्न अस्पतालहरुमा पठाइने र बिग्रिएमा राष्ट्रिय आविष्कार केन्द्रले गर्ने मर्म्मत गर्ने आविष्कार केन्द्रकी सिइओ मिरा पोखरेलले बताइन् ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले कोरोना महामारीको दोश्रो लहमा अक्सिजन र भेन्टिलेटरको अभाव देखिएकाले भेन्टिलेटर ल्याउन पहल लिएको जानकारी दिएको छ । सहयोग बुझ्दै स्वास्थ्य मन्त्री शेर बहादुर तामाङले कोरोना महामारीको समयमा गरिएको अमुल्य सहयोगले राहत पुगेको भन्दै धन्यवाद दिए ।

नेपाल मेडिकल एसोसिएसनको पहलमा अमेरिकास्थित गार्डेन हेल्थ सिस्टम नामक संस्थाले भेन्टिलेटर पठाएको हो । अमेरीका नेपाल मेडिकल फाउन्डेसन र राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना महामारी नियन्त्रण गर्नका लागि महत्वपूर्ण योगदान गरिरहेका छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *