ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खोप अभियानमा पावर र पहुँचकालाइ प्राथमिकता दिदा प्राथमिकतामा परेकाहरु खोपबाट बन्चीत

काठमाडौ,जेठ ३१ l देशभर नै खोप अभियानमा अनियमितता भएको भनेर विभिन्न स्थानमा विवाद भइरहेको समयमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका कार्यालयमा मेयरलगायत जनप्रतिनिधिले कोभीड खोपको कसरी दुरुपयोग गरेको भन्दै एक भिडियो नै सार्वजनिक भएको थियो ।

जसमा पावर पहुचका आधारमा खोप लगाइएको बताएको छ । तर बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले भने त्यो कुरा झुट रहेको बताएका छन्। आफुहरुले प्राथमिकता भित्र रहेका मानिसलाइ नै खोप प्रदान गरेको उनको दावी छ ।

काठमाडौं महानगरपालीकाले कोरोना विरुद्धको भेरोसेल खोप जेष्ठ २५ गतेदेखी २९ गतेसम्म संञ्चालन गर्ने भनेर कार्यतालीका बनाएपनि खोप अभावका कारण बिचमा नै अभियान स्थगित गर्नुपरेको थियो । खोप स्थगित गरिसँगं प्राथमिकतामा परेका ६० र ६१ बर्ष उमेर समुहका नागरीक खोपबाट बन्चीत हुन परेको थियो ।

उनीहरुको लगी रहेको खोप बचेकोले काठमाडौं महानगरपालीकाले बचेको ४ हजार खोप आज र भोली ६० र ६१ वर्ष उमेरका तथा यसअघि भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मीका लागि वीर, त्रिवि शिक्षण, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ ।
यसअघि महानगरका सबै वडामा खोप अभियान सञ्चालन गरेपनि खोपमा अनियमितता भएको भन्दै विभिन्न गुनासोहरु आएपछी खोप अभियान स्थगीत गर्नु परेको स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्रि बहादुर खड्काले बताए ।

सरकारले केही दिन अघि सञ्चालन गरेको ६० देखि ६४ बर्ष उमेर समुहका नागरीकलाई कोरोना विरुद्धको भरेरोसेल खोप लगाउने अभियान सञ्चालन गरेपनि विभिन्न स्थानमा प्राथमिकता भन्दा बाहिरका नागरीकलाइ खोप लगाएको भन्दै विवाद भएको थियो । पहुँचका आधारमा खोप लगाउने गलत प्रवृती हावी हुदा लक्षित वर्ग खोपवाट बन्चित भएको बेला मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

महानगरपालीकाले संञ्चालन गरेको खोप अभियानमा अस्पतालले खोप लगाउनका लागी ठाँउ मात्र अस्पतालले छुट्याइदिएको तर सम्पुर्ण ब्यवस्थापन स्वास्थ्य विभाग र महानगरपालीकाले गरेकोसिभिल अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले बताए ।

अहिले खोपको माग र खोप लगाउने मानिसहरुको आकर्ष धेरै छ । त्यसले गर्दा खोप अभियानमा धेरै लफडा हुने गरेको देखिन्छ । त्यसैले खोप जसरी हुन्छ चाडौं उपलब्ध गराउन स्वास्थ्य विभाग र स्वास्थ्य मन्त्रालयले पहल गर्नु आवश्यक रहेको डा पौडेलको भनाइ छ ।

खोप अभियान ब्यवस्थीत गर्न नसक्दा सरकारले प्राथमिकता निर्धारण गरे पनि त्यो प्रभावकारी देखीदैन। दिनभरी खोप लगाउनका लागी घाम पानि नभनि बसिरहेका जेष्ठ नागरीकहरु आफुले पटक पटक खोप लगाउन नपाएको गुनासो गर्छन्।खोप लगाउनका लागी टोकन सिस्टम रहेछ तर आफुहरुलाइ थाहा नै नभएको सहभागीहरुको गुनासो छ ।

जेष्ठ २५ गते देखी सरकारले ६० देखी ६४ बर्ष उमेर समुहलाइ लक्षीत गरेर खोप अभियान सुरु गरेपनि खोप लगाउदा अनियमितता भएपछि काठमाण्डौ उपत्यकामा अभियान नै स्थगीत भएको थियो ।

स्थानीय तहको समन्वयमा वडास्तरमै खोप सन्चालन गरिदा पहुचको खोपको दुरुपयोग भएको र लक्षित समुह बन्चित भएपछि तोकिएको मापदण्ड अनुसारका ब्यक्तिले मात्रै खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।सरकारले पटक पटक विवादित प्राथमिकता निधार्ण गर्दा कतिपय मानिसहरु अहिले पनि खोप अभियानबाट बन्चीत हुनु परेको अवस्था छ ।

त्यसैले सरकारले आगामी दिनमा खोप अभियान सञ्चालन गर्दा ब्यवस्थीत,प्रभावकारी र खोप लगाउन इच्छुकले लगाउन पाउने गरी खोप अभियान सञ्चालन गर्नु आवश्यक छ । अहिले खोप नै सबै भन्दा महत्त्वपुर्ण भएकोले सम्बन्धीत निकाए गम्भीर भएर खोप ल्याउनका लागी पहल गर्नु आवश्यक देखीन्छ ।

अहिले कोरोना महामारीको जोखीम कायमै छ तर खोप केन्द्रहरुमा न त जनस्वास्थयको मापदण्डहरु नै पालना भएको देखीन्छ यसबाट कोरोना महामारी घरघर पुग्न सक्ने देखीन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *