ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौंका चार अस्पतालबाट आज र भोली कोरोना विरुधको खोप

काठमाडौं जेठ ३१ । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप अभाव भएको भन्दै काठमाडौं महानगरपालीकाले जेष्ठ २७ गतेबाट अभियान नै स्थगीत गरेको थियो ।

फरक फरक दिन फरक फरक उमेर समुहका ६० देखी ६४ बर्ष उमेर समुहका नागरीकलाइ खोप लगाउने तालीका बनाए पनि खोप अभाव भएको भन्दै ६० र ६१ बर्ष उमेर समूहकाले खोप लगाउन पाएका थिएनन् ।

महानगरपालिकाले आगामी जेठ ३१ सोमबार र असार १ गते मंगलबार खोप सञ्चालन गर्ने भएको छ ।


महानगरका अनुशार आज र भोली वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने तय गरीएको छ ।

महानगरपालिकामा खोप कार्यक्रम स्थगित हुनु अघिसम्म करीव २९ हजार जनाले खोप लगाएका थिए । स्वास्थ्य कार्यालय काठमाडौंले महानगरलाई ३३ हजार डोज खोप उपलव्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *