ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज जेठ ३१ गते सोमबार तपाईको राशिफल

आज मिति २०७८ साल जेठ ३१ गते सोमबार तदनुसार सन २०२१ जुन महिनाको १४ तारिख, जेष्ठ शुक्ल पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, पुष्य नक्षत्र, चौथी तिथी, ध्रुवा योग, वणिज करण, आज चन्द«मा कर्कट राशीमा रहने छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ५९ मिनेटमा हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३६ मिनेटबाट १२ बजेर ३२ मिनेटसम्म रहनेछ  । आजको राहूकाल बिहानको ६ बजेर ५३ मिनेटदेखि ८ बजेर ३७ मिनेटसम्म रहनेछ । राहूकालमा शुभ कार्यहरु वर्जित छन् । यो राहूकाल समय नेपालको लागि मात्र हो ।

(१) मेष राशी

शिक्षामा बाधा व्यवधान वा केही  तनाव आउन सक्छ । पढाइ लेखाइमा आज मन नलाग्न सक्छ । आज कसैसँग विवाद नगर्नु होला, रोग र चिन्ताले सताउने योग भएकोले जोश जाँगरमा कमी आउन नदिनु उत्तम हुनेछ । खानपान तथा निद्रामा असुविधा हुन सक्ने योग बनेको छ, धन संचितीमा कमी आउने भएकोले खर्चमा ध्यान दिनुपर्नेछ, गरिएका कार्यमा झमेला आउन सक्ने, मानसिक तनाव बढने  पारिवारिक सुख, आदर सम्मान र उपलब्धिमा पनि कमी आउने सम्भावना छ । सरकारी क्षेत्रले भने अनुकुलता दिनेछ । स्वास्थ्यको मामिलामा पेट तथा कम्मरमा समस्या आउन सक्छ ।  लगानीलाई आज  पर्ख र हेर को अवस्था छ ।

(२) वृष राशी

ग्रहले सहयोग गर्नेछ । आत्मविश्वास बढने, कार्यहरु सफल हुने, आर्थिक पक्षमा सुधार देखा पर्ने, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट सहयोग, लाभ अथवा मान प्रशंसा पाइने, नोकरीमा पदोन्नति वा स्थाननन्तरण वा कामको सिलसिलामा भ्रमण हुन सक्छ । स्वास्थय स्थिती राम्रो रहने, सन्तानहरुप्रति केहि जिम्मेवारी निभाउनु पर्ने हुन सक्छ, रिस गर्नेहरु किनारा लाग्नेछन् । आफन्तजनसँग सम्बन्ध राम्रो हुनुको साथै सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने योग छ । कसै कसैलाई छोटो यात्रा वा भ्रमणको स्थिति पनि बन्न छ, दाम्पत्य सुख तथा प्रेम सम्बन्धको  लागि समय राम्रो रहने छ । अविवाहितत हरुको लागि सुखद कुरा हुन सक्छ ।

(३) मिथुन राशी

सरकारी क्षेत्रमा हुनुहुन्छ भने केही समस्याहरु आउन सक्छन् । कार्य बोझ थपिनाले धपेडि बढन सक्छ । कार्यहरुमा बाधा विलम्ब आउनाले मानसिक चिन्ता बढन सक्छ, घरायसी किचकिच हुने, कुटुम्ब अथवा नजीककाहरुसँग असन्तुष्टिको अवस्था पनि आउन सक्छ । शिक्षा तथा पढाईको क्षेत्रमा भने सम्भावनाहरु बनिरहेको छ । खानपानमा ध्यान दिनु होला साथै बोलिवचनमा पनि सतर्क रहनु पर्नेछ । व्यापार व्यवसायमा दिन प्रतिकुल भएकोले लगानी नगर्नुहोला । आज अरु कसैलाई पैसा दिने काम नगर्नुहोला , धन फस्न सक्छ । दाम्पत्य जीवनमा समस्या चलिरहेको छ भने आज समाधान गर्न सफल हुनु हुनेछ । आँखा र दाँत तथा पाचन सम्बन्धि समस्यालाई बेवास्ता नगर्नु होला । विद्यार्थीहरुले भने निकै मेहनत नै गर्नुपर्ने दिन छ । आज अरुलाई पेल्ने वा फूर्ति लगाउने काम नगर्नु भएमा दिन सुखद रहनेछ।

(४) कर्कट राशी

दिन लाभदायी रहने छ , मनोबल उच्च हुनेछ,  सकारात्मक विचारहरुले मन प्रसन्न हुने, ईच्छा अनुसारको कार्य गरिने, गरेका कार्यहरुमा विजय प्राप्तिको योग छ, मित्रहरुको सहयोग मिल्नुको साथै विविध लाभ प्राप्त भइ शत्रुहरुमाथि हावी भइनेछ, भौतिक सुख तथा स्वादिलो भोजनतिर मन जानेछ । कुटुम्ब, तथा सहकर्मीहरुसँग सुमधुर र फलदायी वातावरण कायम हुनेछ, कसै कसै लाई भने नसोचेका लाभ प्राप्ति हुने वा खुशी मिल्ने योग बनेकोले आज भरमग्दुर प्रयास गर्नुहोला । दाम्पत्य जीवन सौहार्दपूर्ण रहने छ । लगानीको लागि दिन शुभ छ । स्वास्थ्य स्थिती नियन्त्रणमै रहने छ, तथापी माइग्रेन, सुगर र पाचन सम्बन्धि विशेष ध्यान दिनु पर्नेछ । आज झुठो भने कदापि नबोल्नु होला ।

(५) सिंह राशी

मेहनत बढी तर उपलब्धि कम भइदिन सक्छ, आलस्य वा थकानले सताउने, मानसिक खिन्नता बढने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च भइदिने हुनसक्छ, नोकरीमा आँच आउन सक्छ । कसैले आज धोखा पनि दिन सक्ने भएकोले सचेत रहनु होला । पारिवारिक किचलो वा नजिकका मानिसहरुसँग विवाद पर्ने, हानी नोक्सानी हुने, घाउ चोटपटक लाग्नसक्ने भएकोले विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट चाँही बच्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा केहि नयाँ कुरा हुन सक्छ । व्यवसायमा बाहिरको लगानी लिनु भएमा उत्तम हुनेछ । दाम्पत्य जीवन सोचेजस्तो नहुन सक्छ । प्रेम सम्बन्धमा व्यालेन्स राख्नु पर्नेछ । आफुभन्दा टाढाको मान्छेसँग सम्पर्क गाँसिन सक्छ अथवा मन पर्न सक्छ ।

(६) कन्या राशी

दिन शुभ रहने छ, गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ, उत्तम कुराहरुको प्राप्ति, धनको वृद्धि वा धन लाभको सम्भावना छ, अरुले तँपाइको कदर प्रशंसा गर्नेछन् । बन्धुसुख, स्त्रि सुख मिल्ने योग बनेको छ । नजीककाहरुसँग भलाकुसारी हुने अथवा उनीहरुले सहयोग गर्ने छन् , मित्र तथा परिचितहरुको मनग्यै साथ र सहयोग पाइने छ  ।  स्वादिलो खानपान सहित रमाइलो बसिवियाँलो हुने सम्भावना छ, कसै कसैलाई आय वृद्धि को नयाँ अवसर पनि फेला पर्न सक्छ, अथवा नयाँ पद वा फरक जिम्मेवारी प्राप्तिको सम्भावना पनि छ, दाम्पत्य सम्बन्ध सुमधुर रहने छ । प्रेमीहरुको लागि भर्चुअल्ली नै भएपनि रमाइलो दिन बन्न सक्छ, अविवाहितहरुको लागि कुरा अगाडि बढाउन राम्रो दिन छ, व्यापारी वर्गलाई दिन अनुकुल हुनेछ र लगानीलाई पनि दिन ठिक छ । दिएको जिम्मेवारीबाट पछि नहटनु भएमा दिन सोचेजस्तै हुनेछ ।

(७) तुला राशी

दिन अनुकुल रहनेछ, आत्मविश्वास प्रशस्तै बढने छ । प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइने छ , आफ्नो प्रभाव बढने अथवा नयाँ अधिकार कर्तव्य प्राप्त हुने योग छ, आँटेका गरेका कामहरु बन्ने, कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने वा अरुले तँपाइको कदर गर्ने, मन उदार र प्रसन्न रहने, घरायसी वातावरण पारिवारिक खुशी दिने खालको बन्नेछ, रमाइलो र मिठो खानपान हुनेछ । स्वास्थ्य राम्रो रहनुको साथै  आफूले मान्नु पर्नेहरुबाट सहयोग पाइने  छ । फरक किसिमको विचार र योजनाहरु प्रस्फुटन हुने वा आज आफूबाट केही राम्रो शुभ कार्य गर्न मन लाग्नेछ, सन्तानहरुबाट अथवा सन्तान सम्बन्धि कुनै शुभ कुराहरु सुन्न पाइने सम्भावना पनि छ  । शिक्षा क्षेत्रमा प्रशस्त उन्नतिको सम्भावना छ । गर्भवतिहरुले  भने विशेष सावधानी अपनाउनुहोला । व्यापारीहरुले पनि सजग रहनु पर्नेछ ।

(८) वृश्चिक राशी

मेहनत गरे अनुसार फल प्राप्त नहुन सक्छ, कुनै कुराले मन चिन्तित गराउने छ, मानसिक तनाव बढने, किचकिच वा वादविवाद बढने, धनको अनावश्यक क्षय, अरुबाट पिडा प्राप्त हुने, कष्ट पाइने, परिस्थितीले  विवश बनाउने छ, जागिरमा हुने हरुलाइ उच्चअधिकारीहरुबाट समस्या आउने वा अन्य खालको विषम अवस्था नआउला भन्न सकिँदैन, कसै कसैलाई कार्य क्षेत्र हेरफेर हुने वा छोडनु पर्ने हुने सम्मको अवस्था आउन सक्छ, स्वास्थ्य सम्बन्धि विशेष सावधान हुनुपर्नेछ । दाम्पत्य जीवनमा मनमुटाव चलिरहनेहरुले सतर्क रहनु पर्नेछ ।

(९) धनु राशी

सावधान हुनु पर्ने दिन छ, कार्यमा बिध्नबाधा, व्यर्थको श्रम, मानसिक तनाव, आफन्तजनमा किचकिच तथा मनमुटावको अवस्था आउने, आर्थिक परेशानीले सताउने , शारिरिक पीडा, अरुबाट अनादर, मित्र घात जस्ता अपठयाराहरुसँग जुझनु पर्ने सम्भावना छ।  कसै कसैलाई स्वास्थ्यमा नसोचेको समस्या आइदिन सक्छ । सुगर र लिभर दुवैको ख्याल गर्नुहोला । आँखा सम्बन्धि समस्यालाई पनि बेवास्ता नगर्नु होला । विद्यार्थीहरुको पढाइमा मन लाग्ने छ्रैन । प्रेम सम्बन्धमा समस्या आउनेछ । सबै प्रकारका विवादहरुबाट आज बच्नु पर्नेछ । व्यापार व्यवसायमा भने सुखद परिस्थिती बन्नेछ । दाम्पत्य जीवन सौहार्दपूर्ण हुनेछ । 

१०) मकर राशी

दिन विविध लाभको सम्भावना लिएर आएको छ । अरुले तँपाइलाई बुझिदिनेछन् । विशेष परिकारजन्य भोजनमा मन जानेछ , धन लाभ सँगै विदेशबाट अथवा विदेश सम्बन्धि शुभ समाचार आउन सक्छ । स्त्रिवर्गसँग प्रेमको भावना पलाउनेछ , दाम्पत्य सम्बन्ध सुमधुर बन्ने तथा वैवाहिक सुख प्राप्तिको योग छ,  साथिभाइहरुबाट पाइने लाभ र सहयोगले मन प्रसन्न रहने छ, स्वास्थ्य उत्तम रहने वा विरामी हुनुहुन्छ भने पनि रोगव्याधिको असरमा सुधार आउने, कसै कसैको धार्मिक, अध्यात्मिक वा अन्य फरक कुराहरुमा रुचि बढन सक्नेछ । साझेदारी व्यापार व्यवसायलाई दिन राम्रो छ, लगानीलाई पनि दिन ठिक छ । विद्यार्थीहरुको पढाइमा भने त्यति मन जाने छैन । रिसमाथि भने नियन्त्रण राख्नु होला । साथै अरुलाई वचन दिने काम आज नगर्नु होला ।

(११) कुम्भ राशी                                                                                                                   

लाभदायक दिन छ । प्रसन्नतामा समय बित्ने, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, धन तथा सुखको प्राप्ति, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने रोग माथि विजय पाइने, मान सम्मान वा आफनो दबदबा बढने, रिस गर्नेहरु पाखा लाग्नेछन, पारिवारिक सुखमा वृद्धि हुने योग छ  , प्रेमी वा मनपरेको मान्छेसँग कुराकानी हुनुको साथै  बाह्य व्यक्तिहरुबाट लाभ प्राप्त हुने खालको दिन रहन सक्छ, विद्यार्थीहरुलाइ दिन राम्रो छ, शिक्षामा कुनै अवरोध आउने छैन, व्यापारी व्यवसायीहरुलाइ भने केही असहज हुन सक्छ । सरकारी नोकरीमा हुनेहरुले भने विशेष सावधान हुनु पर्नेछ । अविवाहितहरुलाई विवाह सम्बन्धि केहि कुरा अगाडि बढन सक्छ ।

(१२) मीन राशी

दिन अनुकुल नहुन सक्छ, बिध्न बाधाहरुले गर्दा स्थिती निरिह भइदिन सक्छ, मनमा कुराहरु खेलिरहने, सोचे गरेका कार्यहरुमा बिध्न बाधाहरु तेर्सिने, व्यर्थमा दुख पाइनुको साथै आत्मसम्मान गुमाउनु पर्ने सम्मको अवस्था आउन सक्छ।  आर्थिक अभावले आफनो यथार्थ धरातल महसुस गराउनेछ,  स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नु होला, मुड खराब भइरहने, झर्किने वा झोक्किरहने योग भएकोले आज तामसिक भोजन अथवा मासांहार भोजन नलिनु होला । अनावश्यक कुराकानी, गोप्य च्याटिंग वा कुनै पनि प्रकारको आसक्तिबाट आज बच्नु होला । दाम्पत्य जीवनमा तनाव बढने सम्भावना छ । आज स्त्रि वर्गलाई सम्मान गर्नुहोला । पढाई लेखाइ तथा शिक्षाको क्षेत्रमा भने दिन राम्रो रहने छ । निजी व्यापार व्यवसायको हकमा दिन उपलब्धिपूर्ण रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *