ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश एकको नीति तथा कार्यक्रम बहुमतले पारित,माधव पक्षको सहयोग मुख्यमन्त्री राईलाई

बिराटनगर जेठ ३० । एमालेको माधव समुहले सहयोग गरेपछि प्रदेश १ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आइतबारको प्रदेशसभाको बैठकबाट पास भएको हो । नीति तथा कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट सांसद शेखरचन्द्र थापा, माओवादी केन्द्रका तर्फबाट सांसद मोहनकुमार खड्का र जनता समाजवादी दलका तर्फबाट संसदीय दलका नेता जयराम यादवले संशोधनको प्रस्ताव पेस गरेका थिए ।

नेपाली कांग्रेस र नेकपा माओवादीका तर्फबाट पेश भएको संसोधनको प्रस्ताव भने सांसदहरू शेखरचन्द्र थापा र मोहनकुमार खड्काले फिर्ता नलिने अडान लिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *