ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमाले सांसदको फ्लोर क्रससंगै जोगिएको सुदूरपश्चिम प्रदेश सरकार नीति तथा कार्यक्रम बहुमतले पारित

धनगढी जेठ ३० । सुदूरपश्चिम प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष र नेकपा माओवादीका प्रदेशसभा सदस्यहरु नीति तथा कार्यक्रम पारित गर्नुपर्ने पक्षमा थिए भने नेकपा एमालेकै केपी शर्मा ओली पक्षका प्रदेशसभा सदस्यहरु विपक्षमा थिए ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरु तटस्थ रहदाँ जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु अनुपस्थिति रहे । सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको सयुक्त सरकार छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *