ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जसपा विवादमा निर्वाचन आयोगको निर्णय- एक अध्यक्षले अर्को अध्यक्षलाई कारवाही गर्न सक्दै

काठमाडौं जेठ ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई गरेको कारबाही अमान्य भएको बताएको छ ।

उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई निष्कासन गरेको थियो दुवैले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए ।

सोही बिषयको छिनोफानो गर्दैं आयोगले दुवैको कारवाही मान्य नहुने जनाएको हो । आयोगको निर्णयमा भनिएको छ, ‘एउटै दलका दुई अध्यक्षले सो दलका पदाधिकारीलाई दलबाट निष्कासनको कारबाही गरी अद्यावधिकका लागि अनुरोध भई आएको विषयलाई कानूनसम्मत निर्णय हो भनी मान्न सकिएन ।’

त्यस्तै आयोगले एक अध्यक्षले अर्को अध्यक्षलाई हटाउन नसक्ने समेत जनाएको छ । जसपाको दुई कित्ता यतिवेला ओपचारीक फुटको संघारमा छ । जसपाको ठाकुर महत्तो समुह ओली सरकारमा सहभागि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *