ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

६० देखी ६४ बर्ष उमेर समुहका नागरीकलाइ खोप अभियान लक्षीत गरेपनि अनियमिता

काठमाडौं, जेठ ३० ।  जेष्ठ २५ गते देखी सरकारले ६० देखी ६४ बर्ष उमेर समुहलाइ लक्षीत गरेर खोप अभियान सुरु गरेपनि खोप लगाउदा अनियमितता भएको पाइएको छ ।यो खोप अभियानमा केन्द्र बाट प्रदेश र प्रदेशबाट जील्ला र जील्ला हुदैं पालीकामा पुर्याएको छ ।

जसमा विभिन्न समितिहरु बनाएको छ ।जील्ला, पालीका समन्वयन र अनुगमन समिति बनाएको छ ।चिनजान र दवावका भरमा प्राथमिकता भन्दा बाहिरकाले खोप लगाउदा प्राथमिकतामा परेकाले खोप लगाउन नपाउने भएकोले सरकारले जुन मापदण्ड र प्राथमिकता तोकेको छ त्यो अनुशार कार्यन्वयन गर्न मन्त्रालयले जिम्बेबार ब्यक्तिहरुलाइ आग्रह गरेको छ ।

नेपालमा कोरोना विरुद्धको खोप हालसम्म ४२ लाख ४८ हजार प्राप्त भएको छ । ती खोपहरु प्राथमिकता निधार्ण गरी अभियान सञ्चालन गरीरहेको छ । अहिलेसम्म २४ लाख भन्दा बढीले पहिलो डोज खोप लगाएको छ भने ७ लाख भन्दा बढीले दोश्रो मात्रा डोज खोप लगाइसकेका छन् ।

चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप पनि ६० देखी ६४ बर्ष उमेर समुहलाइ लक्षीत गरेर ३ लाख भन्दा बढी नागरीकहरुले खोप लगाइसकेको खोप शाखाका प्रमुख डा झलक गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *