ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाल्मिकीको लाइनमा राजीव गुरुङ अर्थात दिपक मनाङ्गे – डा भट्टराई

काठमाडौं जेठ ३० । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजीव गुरुङ (मनाङ्गे) वाल्मिकी बन्न सक्ने बताएका छन् ।

भट्टराइले कोही मानिस जन्मजात अपराधी नहुने भन्दै मान्छे र समाजले उसलाई अपराधी बनाउने बताउदैं फेसबुकमा लेखेका छन् ।- `मेरो सुविचारित र अनुभवजन्य मान्यता छ: कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न।

समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत: अपराध/अपराधी एक सापेक्ष अबधारणा हो`,

२०५९/६० सालतिर दोस्रो वार्ताकालको समयमा देशका धेरै जेलहरुको भ्रमण पश्चात जेलमा बस्नुपर्ने मानिस सत्ताको कुर्सीमा बसेको र कुर्सीमा बस्नुपर्नेहरु जेलमा बसेको पाएको भट्टराईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *