ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज जेठ ३० गते आइतबार तपाईको राशिफल

आज मिति २०७८ साल जेठ ३० गते आइतबार तदनुसार सन २०२१ जुन महिनाको १३ तारिख, जेष्ठ शुक्ल पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, पुनर्वसु नक्षत्र, तृतीया तिथी, वृद्धि योग, तैतिल करण, आज चन्द«मा ११ बजेर १३ मिनेट पछि कर्कट राशीमा प्रवेश गर्नेछ । आज सूर्योदय बिहान ५ बजेर ०९ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ५९ मिनेटमा हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३६ मिनेटबाट १२ बजेर ३२ मिनेटसम्म रहनेछ  । आजको राहूकाल बेलुकाको ५ बजेर १५ मिनेटदेखि ६ बजेर ५९ मिनेटसम्म रहनेछ । राहूकालमा शुभ कार्यहरु वर्जित छन् । यो राहूकाल समय नेपालको लागि मात्र हो ।

(१) मेष राशी

११ बजेपछि समय प्रतिकुल हुन थाल्नेछ । चिन्ताबाट बच्नु पर्नेछ, दुख पाइने तथा विश्वासघातको शिकार बन्नु पर्ने हुन सक्छ । आफन्तसँग विवाद नगर्नु होला, घाँटी, टाउको र आँखासम्बन्धि रोगबाट सचेत रहनु होला।  आत्मविश्वासमा कमी आउने, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुन सक्छ, धन  हानी को सम्भावना रहने भएकोले अनावश्यक खर्चलाइ रोक्नु पर्नेछ, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला आउन सक्ने भएकोले कार्यस्थलमा सावधान रहनु होला, मान सम्मान र उपलब्धिमा पनि कमी आउने खालको दिन छ । 

(२) वृष राशी

मध्यान्ह पछि दिन अनुकुल हुन थाल्नेछ । भाग्यले साथ दिनेछ । पराक्रम बढने, कार्यहरु सफल हुने, आर्थिक पक्षमा सुधार देखा पर्ने, धन, द्रव्य, वस्त्र लाभ वा खरिद हुने, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ अथवा मान प्रशंसा पाइने, नोकरीमा पदोन्नति वा स्थाननन्तरण वा कामको सिलसिलामा भ्रमण हुने योग छ । स्वास्थय स्थिती राम्रो रहने र दीर्घ रोगिहरुलाई निरोगिता प्राप्त हुने, विरोधिहरु किनारा लाग्नेछन् । आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, मित्र तथा स्त्रिवर्गबाट सहयोग तथा सुख पाइने योग छ, दाम्पत्य सुख तथा प्रेम सम्बन्धको  लागि समय राम्रो रहने छ । विवाह सम्बन्धि सुखद कुराहरु हुन सक्छन् ।

(३) मिथुन राशी

११ बजेपछि परिस्थिती अनुकुल नहुन सक्छ , मानसिक असन्तुष्टि बढने, कार्यहरुमा बाधा विलम्ब आउने वा गरेको काम सफल नहुने, कुटुम्ब अथवा नजीककाहरुसँग मनमुटाव हुने स्थिति बन्न सक्छ । स्वास्थ्यको हकमा खानपानको कारणले गडबडी हुन सक्ने अथवा आँखा मुख सम्बन्धि समस्या आउने हुन सक्छ ।  खर्च बढी हुन थाल्ने, गृह कलह, मान सम्मानमा कमी, शत्रु बाधा, जस्ता प्रतिकुल कुराहरुमा परिन सक्ने सम्भावना भएकोले सचेत रहनु पर्नेछ, कसै कसैलाई घरबाहिर बस्नु पर्ने भ्रमण गर्नु पर्ने अवस्था आउन सक्छ,

(४) कर्कट राशी

दिन लाभदायी रहनेछ , सकारात्मक विचार र मनोबल उच्च हुनेछ,  चिताएको पुग्ने, मन प्रसन्न हुने, धन लाभ हुने, गरेका कार्यहरुमा विजय प्राप्ति, रोगनाश भइ स्वास्थयमा सुधार, मित्र सहयोग, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा रिस गर्नेहरु पराजित हुनेछन्, भौतिक सुख मा रमाइने, उत्तम भोजनमा मन जाने तथा  शैया सुख उत्तम हुने , आदर सत्कार प्राप्ति को साथै कुटुम्ब, मित्र तथा सहकर्मीहरुसँग सुमधुर र फलदायी वार्तालाप हुने खालको दिन छ,

(५) सिंह राशी

११ बजेपछि दिन अनुकुल नहुन सक्छ , मेहनत बढी तर उपलब्धि कम हुन सक्छ, मानसिक खिन्नता हुने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुने, आलस्य वा थकानले पनि सताउन सक्छ,  पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमानीत हुनु पर्ने, हानी नोक्सानी हुने, घाउ चोटपटक लाग्नसक्ने भएकोले आज विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ ।

(६) कन्या राशी

दिन शुभ रहने छ, स्थाई वस्तुहरुको प्राप्ति हुन सक्ने योग छ साथै गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ , धनको वृद्धि वा धन लाभ, मान सम्मान, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने, साथै मित्र तथा भाइ बहिनीहरुको साथ र सहयोग पाइने । भोग विलास, रमाइलोमा बसिवियाँलो हुने वा मिठो खानपानमा मन रम्ने सम्भावना छ, कसै कसैलाई आय वृद्धि को नयाँ बाटो फेला पर्न सक्छ, अथवा नयाँ पद वा फरक जिम्मेवारी प्राप्तिको योग पनि बन्न सक्छ, प्रेमी जोडीहरुको लागि रमाइलो दिन छ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा गर्न लाई राम्रो समय आएको छ, व्यापारी वर्गलाई दिन अनुकुल छ, लगानीलाई दिन शुभ छ ।

(७) तुला राशी

११ बजे पछि दिन राम्रो हुन थाल्नेछ, आत्मविश्वास बढने छ, प्रगतिका अवसरहरुले ढोका ढकढक्याउने छन्, आँटेका थालेका कामहरुमा सफलता पाइने छ , आफ्नो दबदबा बढने वा नयाँ जिम्मेवारी प्राप्त हुने भएकोले प्रयास चाँही गर्नुहोला , धन लाभ को साथै कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने वा अरुले तँपाइको कदर गर्ने सम्भावना देखिएको छ । पारिवारिक वातावरण खुशी दिने खालको बन्नेछ, रमाइलो र मिठो खानपानमा आज मन जानेछ । स्वास्थ्य राम्रो रहने, ठूला बडा वा उच्च अधिकारीहरुबाट सहयोग पाइने । नयाँ नौलो विचार आउनुको साथै बौद्धिक, धार्मिक कुराहरुमा वा आध्यात्मिक विषयतर्फ मन जान सक्नेछ  । गर्भवतिहरुले  भने विशेष सावधानी अपनाउनुहोला ।

(८) वृश्चिक राशी

मेहनत गरे अनुसार फल प्राप्त नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउने छ, मानसिक तनाव बढने, वादविवाद वा मनमुटाव बढने, धनको अनावश्यक क्षय, अरुबाट पिडा प्राप्त हुने, कष्ट पाइने स्थिती बन्न सक्छ, परिस्थितीको बन्धनमा बाँधिएको महसुस हुनेछ, जागिरमा हुने हरुलाइ उच्चाधिकारीहरुबाट समस्या आउने वा मानभंग हुने खालको अवस्था नआउला भन्न सकिँदैन, कसै कसैलाई जागिर मा चित्त नबुझेर छोडनुपर्ने मन बन्न सकछ , कानूनी झमेला, विवाद, जरिवाना जस्ता लफडाहरुमा परिन सक्ने सम्भावना छ ् । स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु आउन सक्छ । पेटसम्बन्धि कुनै पुरानो रोग छ  भने विशेष सावधान हुनु होला । पत्नि तथा सन्तानलाई कष्ट पर्ने तर्फ पनि ध्यान दिनु होला ।

(९) धनु राशी

सावधानी अपनाउनु पर्ने खालको दिन छ । अल्छीपनालाई त्यागेर आत्मबल बढाउँदै भयमुक्त भएर कार्यहरुलाई अगाडि बढाएमा दिन सहज हुनेछ । मिmना मसिना कुराहरुले गर्दा मूख्य काम रोकिन सक्छ । शारिरिक शिथिलता बढने भएकोले स्वास्थ्य स्थितिलाई हेलचेक्रयाइ नगर्नु होला । गरेका कामहरुमा शुरुमा सन्तोषजनक परिणाम नआउन सक्ला । हडबडी गर्नाले कामहरु बिग्रन सक्छ । काममा चुनौति देखा पर्न सक्छ , धैर्यलाई नछाडनु होला । नजिकका आफन्तहरु टाढिन सक्छन् । आफूले बोलेको अरुले उल्टो बुमिmदिनाले समस्या उत्पन्न हुन सक्छ । तसर्थ बोल्दा होश पुरयाउनु  होला ।

१०) मकर राशी

दिन सुखद रहनेछ, लाभकारक तथा सुखदायी बसाइ हुने । आर्थिक लाभ, धनको आगमन, द्रव्य वा वस्त्र लाभको सम्भावना छ,  मान सम्मान, प्रशंसा, कदर आदि प्राप्त हुने । उत्तम निद्रा तथा विशेष परिकारजन्य भोजन ग्रहण गर्न मन जानेछ, धनको वृद्धि, स्त्रिवर्गसँग प्रेम, दाम्पत्य सम्बन्ध सुमधुर बन्ने तथा वैवाहिक सुखको प्राप्तिको योग छ,  साथिभाइहरुबाट लाभ हुने वा उनीहरुले सहयोग गर्नेछन्, स्वास्थ्य उत्तम रहने वा रोगव्याधिको असरमा सुधार आउने, सन्तान को स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ ।

(११) कुम्भ राशी                                                                                                                   

दिन अनुकुल रहने छ । विरोधीहरुमाथि आफू हावी भइनेछ  । प्रतिस्पर्धा वा प्रतियोगिताहरुमा सफलता मिल्ने सम्भावना छ । आफूले राम्रो गर्दा गर्दै पनि अरुले नराम्रो देख्नेछन्  । धन लाभ लिन तथा भौतिक साधन जुटाउनको लागि दिन शुभ छ । रिन सापट वा दिएको रकम आउन सक्छ । प्रयास जारी राख्नु होला । परिस्थितीसँग सम्झौता गर्नु पर्ने अवस्था आए पनि अधिकार र लक्ष्य प्राप्तिका लागि दिन राम्रो रहने छ, । मुद्दा मामिला, विवाद , झमेला आदिहरुमा फाइदा हुने खालको दिन रहने छ । कामको चापबाट केही फुर्सद पाइने छ । बन्द व्यापार व्यवसायमा जन्म स्थानभन्दा बाहिर हुुनुहुन्छ भने लाभ पाइने छ। विद्यार्थीहरुका लागि दिन राम्रो रहने छ । प्रेमीहरुको लागि पनि दिन शुभ रहने छ ।

(१२) मीन राशी

दिन आफूले सोचेजस्तो अलि नहुन सक्छ । बिध्न बाधाहरुले गर्दा निरिह वा विवश  हुनुपर्ने अवस्था पनि आउन सक्छ, मन अशान्त रहने, सोचे गरेका कार्यहरुमा बिध्न बाधाहरु तेर्सिने सम्भावना छ । केही अवसरहरुले पछयाएपनि चुनौतिहरुले बाट छेक्नेछन् । ज्यादा नआत्तिकन र नडराइकन अगाडि बढनु पर्ने खालको दिन छ । कामहरुमा अवरोध आउने वा बिचैमा छोडनु पर्ने पनि हुन सक्छ । तँपाइको अधिकार क्षेत्र खोसिने सम्भावना छ  । रिस गर्नेहरु बढने समय भएकोले सचेत रहनु होला । सन्ततीको लागि केही खर्चहरु हुन सक्छन् । स्वास्थ्यको विशेष ख्याल गर्नु पर्ने हुनसक्छ । बोलीलाई नियन्त्रणमा राख्दै आत्मबल बढाउनु भएमा दिन सहज बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *