ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेको हातबाट गुम्यो गण्डकी प्रदेश सरकार, नयाँ मुख्यमन्त्रीमा काँग्रेसका पोखरेल नियुक्त

पोखरा,जेठ २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । सोही आधारमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।

पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *