ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वैधको अभिव्यक्ति आपराधिक, आपत्तिजनक र निन्दनीय

काठमाडौं जेठ २९ । वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको भन्दै आप्पती जनाएको छ ।

शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् ।

विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।

उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *