ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने_संयुक्त राष्ट्र संघ

काठमाडौ,जेठ २९ l संयुक्त राष्ट्र संघले इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको छ ।

इथियोपियाको टिग्रे क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीच युद्ध जारी रहेको कारणले ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणका कारण मृत्यु हुन सक्ने चेतावनी दिएको हो ।

सन् २०२० को नोभेम्बरबाट सुरु भएको युद्धबाट हालसम्म १७ लाख मानिसहरु विस्थापित भइसकेका छन् । संयुक्त राष्ट्रको एक अध्ययनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा परेको उल्लेख गरेको छ ।

युद्धका कारण नागरिकहरु खाद्यान्नको समस्या झेलिरहेका छन् भने पिउने पानीको समेत अभाव हुन थालेको छ । जसले गर्दा बालबालिकासहित अन्य मानिसहरु पनि स्वास्थ्य संकटमा पर्न सक्ने संयुक्त राष्ट्र संघले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *