ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बलियो टोली अष्ट्रेलियासंग नेपाल ३-०गोलले पराजीत

काठमाडौं जेठ २९ । विश्वकप फुटबल तथा एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलको अन्तिम खेलमा नेपाल बलियो राष्ट्र अष्ट्रेलियासंग ३-० गोल अन्तरले पराजित बन्यो ।

दोस्रो चरणको छनोटको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल बलियो टोली अष्ट्रेलियासँग ३ – ० ले पराजित भएको हो ।  योसँगै नेपालले विश्वकप छनोट र एसियन कपको अघिल्लो चरणमा सिधै स्थान बनाउने मौका गुमायो ।

कुवेतमा भएको खेलमा अष्ट्रेलियाका म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे ।  खेलको छैटौं मिनेटमा लेकीले हेडरमार्फत गोल गरेपछि अष्ट्रेलियाले खेलमा अग्रता बनाएको थियो ।  ३८ औं मिनेटमा फ्रानले गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाएका थिए ।  ४५ औं मिनेटमा अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएसँगै नेपाल १० खेलाडीमा समेटियो ।

 त्यसपछि निरन्तर दबाब बनाए पनि अष्ट्रेलियाले खेलमा १ गोल मात्र गर्न सक्यो । खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियाको तीन शुन्यको जित पक्का गरे ।   जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । यस्तै अष्ट्रेलिया एसियन कपमा समेत छनोट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *