ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

असार एकबाट विद्यालय सञ्चालन गर्ने भनेपनि जता ततै चूनौतिका चाङ नै चाङ

काठमाडौं जेठ २८ । कोरोना महामारीका कारण नेपालको सवै भन्दा धेरै प्रभावित क्षेत्र हो शिक्षा क्षेत्र । लगातारको लकडाउन तथा निषेधाज्ञाका कारण पठन पाठन अस्तव्यस्तमात्र भएन परिक्षा नै अन्योलमा पर्यो ।

नियमित मुल्याङ्कन रोकिदाँ विद्यार्थीको शैक्षिक सत्रमात्र असर परेन विद्यार्थीको उपलव्धिमा समेत असर पर्यो । त्यसो त सरकारले नयाँ शैक्षिक सत्र सञ्चालन गर्न भन्दै असार १ गतेबाट नयाँ शैक्षिक सत्रका लागि अनुमति दिएको छ । सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने तयारी गरेको छ ।

वैकल्पिक सिकाई प्रणालीमा आधारित पठनपाठन सञ्चालन गर्ने सरकारले अनुमति दिए पनि कोरोना विरुधको खोप नपुर्याएको भन्दै विद्यालय सञ्चालन त्तकाल गर्न नसकिने दावी गर्छन् । त्यस्तै सामुदायिक विद्यालयमा इन्टरेनेटको पहुच नपुग्नु तथा विद्यार्थीमा शैक्षिक सामग्री एमव पाठ्य पुस्तक नै नपुगेका कारण त्तकाल शैक्षिक सत्र सञ्चालन गर्न कठिन हुने शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाको भनाई छ ।

सरकारको नियर्णका आधारमा स्थानिय तहले विद्याल सञ्चालन तथा परिक्षाको लागि सुचना नै प्रकाशन गरिसकेका छन् । सरकारको यो निर्णयबाट नीजि विद्यालय सञ्चालक केही सन्तुष्ट देखिएपनि कोरोना विरुधको भ्याक्सिन नहुन्जेल विद्यालय सञचालनको संभावना कम भएको बताउछन् ।

सरकार शिकाइ वृदी भन्दा मुल्याङ्कनमा मात्र केन्द्रित हुदाँ विद्यार्थीको खाडल बढेको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाको भनाई छ । महामारीका कारण लगातार दुई दैशिक अस्तब्यस्त बन्यो ।

सरकारले तोकेका परिक्षा समेत सञ्चालन गर्न नसकेको अवस्थामा नयाँ शैक्षिक सत्र घोषणाले विद्यार्थी तथा अभिभावकमा केही राहतको महशुस भएपनि संक्रमणको त्रास भने उक्तिकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *