ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२४ घण्टा भित्र नयाँ सरकार बनाउन आह्वान गरेपछि काँग्रेस संसदिय दलका नेता पोखरेले वुझाए बहुमत सदस्यको हस्ताक्षर

पोखरा,जेठ २८ । पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

प्रदेश प्रमुख पौडेलले शुक्रबार अपरान्ह संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेकी थिइन् ।

प्रदेश प्रमुखले आहृवान गरेको केही घण्टामै पोखरेल बहुमत सांसदसहित मुख्यमन्त्री दाबी गर्न पुगेका थिए । कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे स्वयंम प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *