ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्राथमिकता निर्धारण गरेपनि खोप वितरण पहुँच र पावरको आधारमा लगाइयो

काठमाडौ,जेठ २८ l चीन सरकराले सहयोग स्वरुप नेपाल सरकारलाई गएको हप्ता १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएको थियो ।

यो भन्दा पहिला पनि करिव ४३ लाख खोप नेपाल भित्रिएर वितरण भइसकेको छ । अघिल्लो पटक जस्तै चीनबाट आएको खोप वितरमा समेत समस्या देखिन थालेपछि उपत्यकामा खोप अभियाननै स्थगित हुन पुग्यो ।

पहिलो चरणमा फ्रन्टलाइनरलाई खोप लगाएको सरकारले दोस्रो देखि उमेर समुह निर्धारण गर्यो । चीनबाट आएको दश लाख खोप वितरणका लागि ६०-६४ उमेर समुह निर्धारण गर्यो ।

तर खोपको अभावको कारण देखाउदैं विभिन्न जिल्लामा उमेर समुहनै घटाउदाँ उपत्यकामा भने खोप अभियाननै स्थगित भयो । उपत्यकामा ६४ बर्ष उमेरबाट क्रमश तल खोप लगाउनु सुरु गरिएको र विचमा नै अभियान स्थगित हुदाँ ६० र ६१ बर्ष उमेर समुहका नागरीकहरु खोपबाट यो पटक पनि बन्चीत भएका छन् ।

जेठ २५ गतेदेखि चीनले उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोप दिन सुरु भए पनि काठमाडौं महानगरपालिकाले बिहीबार साँझ एका एक सूचना जारी गर्दै अभियान स्थगित गर्यो ।

नेपालमा उक्त उमेर समुहका करिव ८ लाख ५५ हजार रहेको अनुमानका आधारमा नै खोप वितरण तालिका तयार पारेको मन्त्रालयको जिकिर छ ।

विना तयारी नै खोप वितरण हुदाँ उपत्यका भित्र र वाहिर विभेद भएको मात्र नभई पहुचका आधारमा खोप लगाउने क्रम बढेका कारण लक्षित समुहले समेत खोप पाउन नसकेको गुनासो र विवाद बढेको छ ।

केन्द्र सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउने जनाएपछि काठमाडौं जिल्ला प्रशासनले खोप अभियान सञ्चालन गरेको थियो । तर ५० हजारमात्र खोप पाउदाँ नपाउदैँ अभियान स्थगित भयो ।

यस्तो अवस्थामा नियमक निकाय भने लक्षित समुह भन्दा बाहिर खोप लगाएका कारण यो समस्या आएको दावी गर्छ ।
खोप जस्तो संम्वेदन शिल विषयमा समेत फितलो तयारी तथा नियमनको अभावकै कारण लक्षित समुहले खोप पाउन नसकेको दावी गर्छन् ।

पहुचका आधारमा भन्दाँ लक्षित समुहलाई प्राथमिता दिने गरी प्रशासनले संवेदन शिल हुने पर्ने उनीहरुको सुझाव छ ।
हचुवाका तालमा कोटा निर्धारण गर्दा सरकारले पटक पटक यस प्रकारका प्राथमिकता परिवर्तन गर्दै आएको छ ।

त्यसमाथी पहुचवालाकै हालीमुहाली हुदाँ खोपमा लक्षित समुहको पहुच पुग्न सकेको छैन । हाल काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर र बाहीरी जील्लामा ६२ देखी ६४उमेर समूहकालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने क्रम जारी छ ।

तर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, लगायतको हकमा भने उमेर समूह तोकिएको छैन ।दिनभरी खोप लगाउनका लगी पालो कुरेर बसेका जेष्ठ नागरीकले खोप नपाइ प्राथमिकता भन्दा बाहीरका मानिसहरुले खोप लगाउदा धेरै विवाद भइरहेको छ ।

दिनभरी घाम पानि नभनि खोप लगाउन लाइनमा बस्नु र खोप पाउनु त कता हो कता, कतै त्यो भीडबाट कोरोना संक्रमण त हुने होइन भन्ने चिन्ता उनीहरुमा थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *