ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चौधरी फाउन्डेसनले गर्यो वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड

काठमाडौं जेठ २८ । चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड स्थापना गरेको छ ।

फाउन्डेसनले वीर अस्पतालको नयाँ भवनको पहिलो तलामा ९ शैया र दोस्रो तलामा ९ शैयाको गरि कुल १८ शैयाको आईसीयू वार्ड निर्माण गरी बिहिबार हस्तान्तरण गरेको छ कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्याउन आइसीयू वार्ड स्थापना गरेको फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीको भनाई छ ।

फाउन्डेसनले नबिल बैंकसंगको समन्वय अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । सो अक्सिजन फ्लान्ट आगामी केही दिन भित्रै हस्तान्तरण गर्ने लक्ष्य लिइएको फाउन्डेसनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *