ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

धेरै चिन्ता लिने मानिसहरुलाई विभिन्न प्रकारको समस्या देखिनसक्छ-अध्ययन

काठमाडौं ,जेष्ठ २८ । नेपालमा एउटा उखान छ ,चिन्ताले मानिसलाई चितासम्म पुर्या‍उन सक्छ ।चिन्ता आफैँमा रोग होइन तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो निकै घातक मानिन्छ ।

धेरै चिन्ता लिने मानिसहरुमा विभिन्न किसिमका शारीरिक समस्याहरु देखिन सक्छ ? डिप्रेसन चिन्ता र तनाव कम गर्न सकिएन भने मानिसहरु डिप्रेसनका साथै अन्य कडा खालका मानसिक रोगका सिकार हुन सक्छन् । रोग निम्त्याउछ चिन्ता र तनाव लिने व्यक्तिमा उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी रहने विभिन्न अध्यायन अनुसन्धानले देखाएका छन् ।

यौनजीवन नराम्रो हुनु तनाव र चिन्ताका कारण शरीरभित्र उत्पन्न हुने रसायनले यौन उत्तेजना जगाउने रसायनलाई कम गरिदिन्छ, जसले गर्दा व्यक्ति यौनप्रति कम इच्छुक हुँन्छन। चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हार्मोन टेस्टोस्टेरोनको मात्रा कम हुन्छ । कपाल झर्छ चिन्ता लिँदा शरीरमा कोर्टिसोल नाम गरेको हार्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्छ ।

दाँत बिगार्छ चिन्ता बढी लिने व्यक्तिमा दाँत खिइने, गिजामा समस्या उत्पन्न हुने अध्यायनले देखाएको छ । मुटु कमजोर बनाउँछ चिन्ता लिँदा मुटुका मांसपेशी कमजोर हुन्छन् । स्टेस हार्मोनले मुटुको धड्कन बढाउने र नसा संकुचित गरेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम बढी हुन्छ ।

बूढो बनाउँछ सधै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखा पर्छन् । दिमागमा असर गर्छ चिन्ताले दिमागमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ ।

परिणामतः व्यक्तिको स्मरणशक्ति घट्छ । शरीरमा विकार बढाउँछ चिन्ता लिँदा बोसो र चिनीयुक्त खानाप्रति आसक्ति बढ्न जान्छ, जसले शरीरमा विकार निरन्तर सञ्चय गर्दै लान्छ र शरीर विभिन्न रोगको घर बन्न पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *