ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज नेपाल अस्ट्रेलियासंग भिड्दै, युवा खेलाडीलाई मैदान पठाउने प्रशिक्षकको संकेत

काठमाडौं जेठ २८ ।  कतार विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट खेल अन्तर्गत नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।

युवा खेलाडीलाई समावेश गरेर विश्वकप छनोटमा पुगेको नेपालले शुक्रबारको अन्तिम खेलमा अस्ट्रेलियासँग खेल्न लागेको हो ।

आजको खेलमा पनि  मुख्य प्रशिक्षक अब्दुल्लाह अब्दुल्लाह अल्मुताइरीले  डेब्यू गर्न बाँकी युवा खेलाडीलाई अवसर दिन सक्न संकेत गरेका छन् ।

विश्वकप र एसियन कप छनोट अन्तर्गत समूहचरणको अन्तिम खेलका रुपमा एसियाली पावर हाउस अस्ट्रेलियासँगको खेलअघिको पत्रकार सम्मेलनमा अल्मुताइरीले सकारात्मक प्रदर्शनको अपेक्षा राखेका छन् । विगतका खेलमा भन्दा नेपाली खेलाडीको खेल्ने शैली सुधारिएको पत्रकार सम्मेलनमा बताए । कुवेत भ्रमण गरेको टोलीमा नेपाली टोलीमा रहेका गोलरक्षकबाहेक सुरज ज्यू ठकुरी, आयुश घलान र कमल थापाले डेब्यू गर्न बाँकी छ ।

यस्तै अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आनोल्डले पछिल्लो समय नेपाली टोलीले सुधारिएको खेल प्रदर्शन गरेको र सुधारिएको खेलमा आफ्नो टोली प्रतिस्पर्धा गर्न उत्साहित भएको खेल अघिको पत्रकार सम्मेलनमा प्रतिक्रिया दिए । त्यसका लागि नेपालसँगको खेलमा केहि परिवर्तन गर्ने जानकारी संकेत दिए ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । समूह बी मा रहेको अस्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अपराजित रहँदै अस्ट्रेलियाले अन्तिम खेलमा पनि सुखद नतिजाको खोजीमा हुनेछ । नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । अष्ट्रेलियाको घरेलु मैदानमा नेपालले ५–० को फराकिलो हार व्यहोरेको थियो । शुक्रबार नेपाल र अष्ट्रेलियाबीचको दोस्रो भेट हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *