ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मिनी विश्वकप अर्थात युरोकप २०२० आजबाट सुरु, पूर्व विजेता टिममात्रै नौ वटा सहभागी

काठमाडौं जेठ २८ । मिनी विश्वकपको रुपमा चिनिने १६औं संस्करणको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ ।

युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । उदघाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ भने जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ । खेलमा जम्मा २४ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

पोर्चुगल, फ्रान्स, जर्मनी,स्पेन,जस्ता विश्वकप विजेत टोली सहभागि भएको खेल निकै रोचक हुने छ । त्यसो त २४ मध्ये ९ टिम त पूर्वविजेता मात्रै छन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेको हो ।

कोरोना महामारीले गर्दा गत वर्ष नै हुनुपर्ने युरोकप एक वर्ष पछि सरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *