ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चितवनमा गैँडाको खाग फेला


चितवन,जेठ २७ l पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको खाग भेटिएको छ ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग बेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए ।

कालिका नगरपालिका वडा नम्बर १ को चतुर्मुखी सामुदायिक वनको संरक्षित वन क्षेत्रमा ८ दशमलब ५ इन्च लामो ४ सय ४५ ग्रामको खाग भेटिएको हो । भेटिएको खागलाई सुरक्षित रुपमा वन कार्यालयमा ल्याइएको छ ।

सामुदायिक वनका प्रतिनिधि र वन कार्यालयका प्रतिनिधिको रोहोवरमा मुचुल्का उठाई खाग ल्याइएको र सो खागलाई आजै चितवन राष्ट्रिय निकुञ्जमा पठाइने उनले जानकारी दिए ।

गैंडा एक आपसमा जुधेर खाग भाँचिएको हुन सक्ने अनुमान कार्यालयले गरेको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *