ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको काठमाडौं सहित १४ स्थानमा जग्गा,२२ तोला सुन

काठमाडौ,जेठ २७ l स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण मन्त्रालयको वएभसाइड मार्फत सार्वजनिक गरेका छन् ।

सोमबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।भने उनले सम्पत्तिको सम्पूर्ण विवरण पछि उपलब्ध गराउने बताएका थिए ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठमाडौंसहित देशभर विभिन्न १४ स्थान जग्गा छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित आफु र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा रहेको उल्लेख छ ।

उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ । भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।
भने आफूसँग २२ तोला सुन रहेको उल्लेख गरेका छन् ।

उनको काठमाडौंको गोकर्णेश्वरमा घर सहितको जग्गा रहेको छ ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरण यस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *