ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार विस्तारको मुद्दा सर्वोच्चमा रहेकै समयमा ओलीले थाले पुन सरकार विस्तारको तयारी

काठमाडौं जेठ २७। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

ओलीले आफुसंग रहेका ८ मन्त्रालयमा नयाँ मन्त्री ल्याउने तयारी गरेका हुन् । बालुबाटार स्रोतका अनुसार बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।

यस अघि जसपाको ठाकुर-महत्तो समुहलाई समेटेर सरकार गठन गरेको विषय सर्वोच्चमा विचाराधिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *