ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछील्लो समय कोरोना संक्रमित भन्दा निको हुने संख्या बढ्दो

काठमाडौ,जेठ २६ l स्वास्थ्य मन्त्रालयको हप्ताको दुइ दिन प्रत्यक्ष रुपमा दिदै आएको प्रेस ब्रिफीङमा बोल्दै प्रवक्ता डा कृष्ण पौडेलले देशभरका विभिन्न प्रयोगशालाहरुबाट गरीएको एन्टिनबाट ४ हजार ५ सय ६८ वटा नमुना र पिसिआर विधिबाट गरीएको १२ हजार ७४ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ९ सय १५जना सहित देशभर ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

गत चौबीस घण्टामा देशभरबाट ५ हजार ७ सय ६८ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने ८५ प्रतिशत २ दशमलव रहेको छ ।देशभरका विभिन्न स्थानबाट कोरोनाका कारण थप ८१ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाका कारण ८ हजार १ सय ७९ जनाले ज्यान गुमाएका छन् ।
कोरोना विरुद्धको कुनै पनि खोप सत प्रतिशत नभएकोले खोप लगाउदैमा ढुक्क हुने अवस्था नरहेको मन्त्रालयले बताएको छ ।

खोप लगाएपछी धेरैलाइ संक्रमणबाट बचार्उनुका साथै गम्भीर हुने र मृत्युदर कम गराउन खोपले सहयोग गर्छ । तर खोप लगाएपनि स्वास्थ्यका मापदण्ड अनिर्वाय पालना गर्नु आवश्यक रहेकोलले जनस्वास्थयका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

देशभर संक्रिय संक्रमित ८० हजार ३ सय ३६ जना रहेका छन् ।देशभर आसियुमा १ हजार ३ सय ७५ जना सहित भेन्टिलेटरमा ३ सय १२जना रहेको मन्त्रालयले जनाएको छ ।

देशभर ४६ भन्दा बढी जील्लाहरुमा ५ सय भन्दा धेरै संक्रिय संक्रमित रहेका छन्। सबैभन्दा उच्च कर्णाली प्रदेशमा संक्रम रहेको छ । ४४ दशमलव ५ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *