ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फाइजरको खोप ६ महिना देखी १२ बर्ष सम्मका बालबालीकामा परीक्षण गरीदै

काठमाडौ,जेठ २६ l अमेरिकी खोप कम्पनी फाइजरले १२ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोना विरुद्धको खोप परीक्षण गर्ने भएको छ ।

फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा आफ्नो खोप परीक्षण गर्न लागेको बताइएको छ ।

यो भन्दा अगाडी फाइजरको खोपले अमेरिका, क्यानडा र युरोपियन मुलुकमा १२ वर्षभन्दा माथिको व्यक्तिमा आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ ।

अब फाइजरले १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यसको प्रभाव थाहा पाउन परीक्षण गर्न लागेको हो।

पहीलो चरणमा ४५ सय बालबालिकामा परीक्षणको तयारी गरिएको कम्पनीले जनाएको छ।फाइजरले अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा बढी क्लिनिकहरूमा परीक्षणको तयारी गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *