ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभा विघटन विरुधको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं,जेठ २६ । सर्वोच्च अदालतले राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालय समक्ष प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालय समक्ष प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको होl

प्रतिनिधिसभाका १४६ सांसदले धारा ७६(५) अनुसारको प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न, प्रतिनिधिसधा विघटन बदर गर्न, निर्वाचन कार्यक्रम अगाडि नबढाउन अन्तरिम आदेश माग गर्दै रिट दर्ता भएका थिए ।

विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *