ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१ सय ४६ जनाको हस्ताक्षर बुझाउदाँ पनि सरकार गठन हुन नसक्नुको कारण के ? -वरिष्ठ अधिवक्ता थापा

काठमाडौं जेठ २६ । वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति समक्ष बहुमत हस्ताक्षर बुझाउदाँ पनि सरकार गठन हुन नसक्नुको कारण सोधेका छन् ।

प्रतिनधि सभा विघटन विरुधको मुद्दामा बहस गर्दै अधिवक्ता थापाले धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने बताएका हुन् । अदालतमा १४६ सांसदले हस्ताक्षर गरेर रिट दिनुले पनि धारा ७६(५) को प्रधानमन्त्रीमा देउवाले दावी पुग्ने पुष्टि हुने उनको भनाई थियो ।

संवैधानिक इजलासमाथी नै प्रश्न उठेपछि आजबाट मात्र विषयमा प्रवेश गर्दै बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीस सम्मिलित संवैधानिक इजलासमा मुद्दामाथि बहस सुरु भएको हो । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै भएको थिएन ।

त्यस्तै सोमबार प्रधानन्यायाधीश राणा बिरामी भएपछि इजलास स्थगित गरिएको थियो । प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासका विययमा प्रश्न उठेपछि वरिष्ठताका आधारमा पुन इजलास गठन भएको थियो सरकारी पक्षले न्यायाधीशद्धय दीपक कार्की र आनन्दमोहन भट्टराईबारे प्रश्न उठाएका थिए । तर बुधबार बसेको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निवेदकको तर्फबाट बहस सुरु गर्न अनुमति दिए ।

बहसअघि न्यायाधीश ईश्वर खतिवडाले बेञ्च गठनका विषयमा अब कुनै कुरा नसुन्ने भन्दै बहसका लागि हरेक अधिवक्तालाई आधाघण्टाको समय तोक्नुभएको छ । इजलासका विषयमा यसअघि भएका टीकाटिप्पणि विर्सनलायक भन्दै उनले ती कुरा जानकारीमा राखिएको र अब दोहोर्याएर नसुन्ने बताए । पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु कार्की, मीरा खड्का, खतिवडा र भट्टराई छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथि सुनुवाई गरी इजलासले अन्तिम फैसला दिनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *