ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभा विघटन विरुधको मुद्दामा बहस सुरु

काठमाडौं जेठ २६ । प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीस सम्मिलित संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको हो ।संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै भएको थिएन ।

त्यस्तै सोमबार प्रधानन्यायाधीश राणा बिरामी भएपछि इजलास स्थगित गरिएको थियो । प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासका विययमा प्रश्न उठेपछि वरिष्ठताका आधारमा पुन इजलास गठन भएको थियो ।

उक्त इजलासका दुई न्यायाधीशका विषयमा सरकारी वकिलले नै प्रश्न उठाएपछि बहस स्थगित हुदै आएको थियो । सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईको राय नआएपछि बहस सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *