ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपत्यकामा ६० देखी ६४ र अन्य जील्लामा ६२ देखी ६४ बर्ष उमेरका नागरीकहरुलाइ आजबाट खोप दिदैं

काठमाडौ,जेठ २५ l चीन सरकराले सहयोग स्वरुप प्रदान गरेको कोरोना विरुद्धको १० लाख डोज भेरोसेल खोप आजबाट काठमाडौं उपत्यका लगाएत देशभर खोप लगाइदै छ ।

काठमाडौं उपत्यकाभरी ६० देखी ६४ बर्ष उमेर समुहलाइ खोप दिइदै छ भने उपत्यका बाहीरका सबै जील्लाहरुमा ६२ देखी ६४ बर्ष उमेर समुहका नागरीकहरुलाय खोप लगाइदै छ ।

देशभर ६० देखी ६४ बर्ष उमेर समुहका नागरीकहरु ८ लाख ५५ हजार रहेकोले सबैलाइ यो अभियानमा समावेश गर्न नसक्ने र अहिले ५ लाख लाइ मात्र खोप प्रदान गर्न सक्ने भएकोले उपत्यका बाहीर ६२ देखी ६४ उमेर समुहलाइ खोप दिन लागेको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले जानकारी दिए ।

सरकारले यो पटकको खोप अभियान स्थानिय सरकार सँग समन्वयन गरी वडा कार्यलय र खोपकेन्द्रहरुबाट सञ्चालन गरेको छ । कोरोना माहामारीको जोखीम कायमै रहेकोले खोप अभियानमा स्वंयमसेवकहरु परिचालन गर्नुका साथै जनस्वास्थयका मापदण्डहरु पालना गरेर खोप लगाएको छ ।

तर सरकारले जुन उमेर समुहलाइ लक्षीत गरी अहिले निर्णय गरेको छ । त्यसले गर्दा केही मानिसहरु खोपबाट नै बन्चीत हुन पार्ने अवस्था समेत रहेको काठमाडौं महानगरपालीकाका वडा अध्यक्ष शुद्धकुमार डंगोलले बताए ।

कोरोना महामारी कायमै रहेकोले खोप अभियानलाइ थप प्रभावकारी बनाउनका लगी स्वंयमसेवकहरु खटाएर स्वास्थयका मापदण्डहरु पुर्ण पालना गरी खोप लगाइएको छ । भने पहिले जस्तो खोप केन्द्रहरुमा भिडभाड नरहेकोले पहिले भन्दा खोप लगाउन सहज भएको खोप अभियानमा संलग्न चिकित्सकहरु बताउछन्।

कोरोना विरुद्धको खोप लगाउने चाहना धेरै मानिसहरुमा हुदा हुदै पनि लगाउन नपाएको अवस्थामा आफुहरु प्राथमिकतामा पर्नु खुसिको कुरा रहेको खोप अभियानमा सहभागीहरुले बताए ।

यो खोप अभियान देशैभर २९ गतेसम्म चल्ने छ । खोप लगाउनका लागी खोप केन्द्रमा जाँदा आफ्नो परिचयसहित उमेर खुल्ने जुनसुकै कागजपत्र लैजानुपर्ने छ। यस्तो परिचय खुल्ने कागजपत्र नभए सम्बन्धित वडाले सिफारिस गरेका आधारमा पनि खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

पहिलो पहलो डोज खोप लगाएका खोप उपत्यका बाहिर भएको कारण वा अन्य कारणले दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिहरुलाको खोप कार्डको अनुगमन गरी दोस्रो मात्रा खोप दिन समेत निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले तिब्बतसँग सीमा जोडिएका हिमाली जिल्लाका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने जनाएको छ। खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जानसमेत आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *