ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले अस्पतालहरुलाई अक्सिजन सिलिन्डरहरु भरेर राख्न तथा अक्सिजन प्लान्ट जडान गर्न आग्रह

काठमाडौ,जेठ २५ l स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई अक्सिजन सिलिन्डरहरु भरेर राख्न तथा अक्सिजन प्लान्ट जडान तथा ट्यांकरहरु मर्मत गरि पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै संख्यात्मक रुपमा कोरोना संक्रमण केही कम भएको जस्तो देखिएपनि जोखिम कायमै रहेकाले अक्सिजन प्लान्ट जडान गर्न र सिलिन्डरहरु भरेर राख्न आग्रह गरेको हो ।

मन्त्रालयले अक्सिजन सिलिन्डरहरु विभिन्न कारणले देशका विभिन्न भागका व्यक्तिका घर,टोल र विभिन्न किसिमका आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा पुगेको र ती सिलिन्डरहरु समयमै भर्नका लागि सम्बन्धीत अक्सिजन कम्पनीमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा समस्या पर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *