ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कर्णालीबाट सुरु भएको फ्लोर क्रस सुदुरमा पनि रोकिएन

धनगढी,जेठ २५ । नेकपा एमाले भित्रको आन्तरिक किचलोका कारण सुदुर पश्चिम प्रदेशमा माओवादीका त्रिलोच भट्टको मुख्यमन्त्री पद जोगिएको छ ।

५२ जना सांसद रहेको प्रदेशसभामा ५१ जना सांसद बैठकमा उपस्थित भएर मतदान गरेका थिए । जसमा एमाले नेपाल खनाल पक्षका १७ जनाले भट्टको पक्षमा मतदान गरेका थिए ।

एमाले विभाजनको संघारमा पुगेको समयमा कर्णाली प्रदेशबाट सुरु भएको फ्लोर क्रसको क्रमले सुदुर पश्चिममा समेत निरन्तरता पाएको हो । भट्टको पक्ष अर्थात विश्वासको मतको पक्षमा ३० मत परेको थियो । विपक्षमा मत ९ मत परेको थियो ।

१२ जना सांसद तटस्थ बसेका थिए । विश्वासको मतको लागि २७ मत नै पर्याप्त थियो । भट्टलाइ मुख्यमन्त्री बनाउन माओवादी सहित एमालेको सांसदले मतदान गरेका थिए ।

कांग्रेसका १२ जना सांसद तटस्थ बसेका थिए । त्यस्तै जसपाका २ जना सांसद सहित एमालेको ओली समूह गरेर ९ मत विपक्षमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *